Wednesday, September 23, 2026
Home राजनीति पर्यटनमन्त्रीले राजीनामा दिए

पर्यटनमन्त्रीले राजीनामा दिए

79

काठमाडौँ । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।आलेले शुक्रबार एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री फेर्न पार्टीको निर्णय कार्यान्वयन गर्ने पक्षमा रहेको भन्दै ४८ घण्टाभित्रमा राजीनामा दिने घोषणा बैठकमा गरेका थिए ।

‘म पनि पार्टीको इमान्दार सिपाही हो,’ आलेको भनाइ थियो, ‘म पार्टी निर्णय कार्यान्वयन गर्ने पक्षमै छु । अबको ४८ घण्टाभित्र राजीनामा दिन्छु ।’ उनले भनेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । स्रोतका अनुसार एकीकृत समाजवादी मन्त्री हेरफेरको निर्णय आज बेलुका सम्ममा कार्यनयन हुने बताइएको छ ।

हाल समाजवादीबाट मन्त्री भएकाहरुमा प्रेम आले पर्यटनमन्त्री,किसान श्रेष्ठश्रममन्त्री,विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारी झाँक्री शहरी विकासमन्त्री र भवानी खापुङस्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए । अब पार्टीको निर्णय अनुसार जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रम तथा रोजगार, मेटमणि चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्यर हिरा केसीस्वास्थ्य राज्यमन्त्रीमा सिफारिसभएका छन् ।