प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ

31

काठमाडौं : शुक्रबार बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको छ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रतिनिधिसभामा ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरी पारित गर्दै स्वीकृत गरिएको हो।अब ती दुई विधेयकमाथि सम्बन्धित समितिमा दफाबार छलफल हुनेछ। संसदीय समितिमा दफावार छलफल भएपछि सो संशोधन विधेयक पुनः प्रतिनिधिसभामा पठाउनेछ। समितिको प्रतिवेदनसहितको सो विधेयक प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पठाउनेछ।संघीय संसदको दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले प्रमाणित गरेर कार्यान्वयनमा ल्याउने संवैधानिक व्यवस्था छ।