-रमेश प्रजापति
शिक्षक र शैक्षिक बिज्ञहरुले राष्ट्रलाई आवश्यक पर्ने शिक्षा सम्बन्धि निति, योजनाहरु निर्माण र बिकास गर्छन र त्यो राज्यलाई हस्तान्तरण गर्छन राज्यले ती कुरालाई राष्ट्र भरिका स्कुल क्लेज र उच्च बिद्यालयहरुमा लागु गर्छन र देशलाई आवश्यक पर्ने जनशक्ति निर्माणमा र बिकास गर्छन।
ईन्जिनियरहरुले देशको भौतिक आवश्यकताका बाटोघाटो, पुल पुलेसा, ब्यापारिक भवन,अस्पताल, स्कूल क्याम्पसहरु, ठुला ठुला नहर र बिजुलीगृहरु, यातायातका साधन र सामाग्रीहरु, कल कारखानाहरु डिजाईन र निर्माणमा सहयोग गर्ने । आबिस्कारकहरुले अनुसन्धान गर्छन केहि नयाँ कुरा पत्ता लगाउँछन् र राज्यलाई सुम्पने काम हुन्छन र त्यो राज्यको गरिमा र महत्वपूर्ण सम्पत्तिको रुपमा रहन्छ र आविस्कारहरुलाई अझ परिस्कृत हुन थप सहयोग र हौसला दिने काम राज्यले गर्छन। न्यायाधीश वकिल र कानुनविदहरुले न्याय र राज्यलाई चाहिने नयाँ नयाँ कानुनहरु तर्जुमा गर्छन र दण्ड संजाय र कानुनी राज्यको जगेर्ना गर्छन।
डाक्टर र जनस्वास्थ्यबिज्ञहरुले देशको आवश्यकता अनुसारको स्वास्थ्य योजना तर्जुमा गर्ने आम जनताको स्वास्थ्य अवस्था र जनहितलाई ध्यानमा राखेर स्वास्थ्य पनि एक दिनचर्या नै हो भने आम मान्यतालाई स्थापित गर्न योगदान गर्ने र स्वास्थ्य आम मानिसको एक नैसर्गिक अधिकार पनि हो भने भावनालाई आत्मासात गरी सबैको लागि सहजै पहुँच हुने बनाई खुशी जनता स्वस्थ राष्ट्र बनाउन अमुल्य योगदान गर्छन। किसानहरुले जनताको लागि आवश्यक दुग्धजन्य, माछा मासुजन्य, लत्ता कपडाजन्य, फलफुल तरकारीजन्य, कृषि उपज र खाद्यान्न उत्पादन गर्ने र सकभर कम बिषाक्त, सकभर कम मलखाद प्रयोग गरेर उपभोग गर्ने जनताको हितमा ध्यान दिएर सुलभ तरिकाले सुपथ मुल्यमा उपलब्ध गराउने। उद्यमी र मजदुरहरुले देशलाई आवश्यक पर्ने निर्माण सामाग्रीहरुदेखि दैनिक प्रयोग हुने भाँडाकुंडाहरु सम्म, औखतिमुलोदेखि ठुला ठुला मेशिनसम्म उत्पादन गर्ने पर्यटन र सेवा उद्योगहरुमा देश, बिदेशका पाहुनाहरुलाई स्वागत सत्कार गर्ने। ब्यापारीहरुले आन्तरिक उत्पादन वा बाह्य बस्तुहरुको बिनिमय गर्छन र आम नागरिकहरुको सेवा सुबिधाको साथ साथै उनिहरुले राज्यले टोकेको कर तिरेर राज्यको ढुकुटी मजबुत गर्न ठुलो सहयोग गर्छन।
सेनाले राष्ट्रको सिमानाको सुरक्षा, भूअखण्डताको सुरक्षा तथा देशलाई परेको आपतकालीन अबस्थामा उद्धारकार्यमा सरकार जनतालाई सहयोग गर्छन। प्रहरीले देशमा शान्ति र अमनचयनको लागि दिनहुँ भैपरी आउने सामाजिक घटनाहरुको नियन्त्रण र कम गर्न राज्यलाई सहयोग गरी जनताको जिउधनको सुरक्षा र शान्तिको लागि अहोरात्र खटेर देशमा नियम कानुन उल्लंघन गर्ने अपराधीहरुलाई दुरुत्साहित मात्र नगरी दण्ड अनुसारको सजायँको भागिदार बनाउन न्यायको कठघरा सम्म उभ्याउने कर्तब्य निभाउँछ। कर्मचारी प्रशासनले देश र आम जनताको दैनिकी सहज गर्न नुनदेखि हुनसम्मको जोहो गर्ने हरेक नागरिकको देखभाल गर्ने राज्यको काममा सहजीकरण गर्ने ब्यापारी बिद्यार्थी शिक्षक सेना प्रहरी डाक्टर नर्स बिरामी रोगी किसान मजदुर सबैको दैनिकीलाई राज्यको नियम कानुन अनुसार निरंन्तर प्रबाह हुने बातावरण सिर्जना गर्ने जसरी हुन्छ अझ सहज अझ सुबिधादायक अझ परिस्कृत गरी आन्तरिक प्रशासनलाई चुस्त बनाई झन झन जनस्तरिय बनाउन कोशिस गर्छन। कलाकारहरुले देशको सबै तप्काका जनताहरूलाई उनिहरुको आफ्नो कार्यमा थप सहयोग पुग्ने संदेशमुलक कला र उनिहरुको जिवनमा हौसला बुलन्द गर्न र उर्जा भर्ने मनोरञ्जनात्मक ढंगले प्रस्तुतीहरु दिने।
ईतिहासकारहरुले देशको परिस्थितिहरुको लिपिबद्ध गर्ने र समय परिस्थितिमा भईसकेका कुराहरुलाई पहिला यस्तो समयमा यस्तो गरेको थियो अब यसो गरे कसो होलारु भने राज्य संवाहकहरुलाई सम्झाउने ।
परराष्ट्रविदहरुले सबै छिमेकिसंग पंचशीलको आधारमा भाईचारा सम्बन्ध बिकास गर्ने, पुराना मित्र राष्ट्रहरुसंग अझ मजबुत सम्बन्ध कायम राखी नयाँ नयाँ मुलुकहरुसंग सम्बन्ध बिकास गर्न प्रयत्नशील रहने छिमेकि मुलुकहरुमा देशमा उत्पादित बस्तुहरुको बजार प्रबर्द्धन गर्ने र ति देशहरुमा आफ्नो देशको नागरिकहरुको ब्यापार ब्यवसायमा सहजीकरण गर्ने आफ्नो देशको गरिमालाई उच्च राख्न पर्यटकिय स्थलहरुको परिचय गराउने बाह्य कुनै दुई मुलुकहरुको बिचमा मनमुटाव भए बिना पक्षधरता असंलग्न निति अनुरुप तटस्थ बसि समस्या निराकरण गर्न प्रयास गर्ने।
पत्रकारहरुले देश, प्रदेश, शहर, गाउँ, पहाड, हिमाल तराई मात्र नभई बिदेशमा भएका सकारात्मक समाचारहरु संप्रेषण गर्ने नकारात्मक समाचारहरुलाई पनि रचनात्मक ढंगले प्रस्तुत गर्ने राज्यका अरु अंगहरूले केहि गडबड् गरिरहेका छन भने समयमा नै राज्य र जनताको बीचमा सुसुचित गर्ने।
अनि मुख्य कुरा राज्यले सबै कुराको जाँच पडताल गर्ने कमि कमजोरी भएको कुरा सच्याउने, आवश्यक परेको कुराहरु थप्ने, हटाउने राज्यले टोकेको निति नियम उल्लंघन गर्नेलाई दण्ड सजायँको ब्यबस्था गर्ने। प्रत्येक नागरिक राज्यको अभिन्न अंग हो, हरेक जनताप्रति हाम्रो अभिवाकिय दायित्व छ। राज्यका एक जना नागरिक पनि शिक्षा नपाई, खान नपाई, स्वास्थ्य नपाई, उचित स्याहार सुसार नपाई बेहाल हुनु नपरोस् र कसैले केहि पनि गरि नदिएमा राज्य छ तिम्रो अभिभावक छ है भने बोध हुने गरी निति निर्माण देखि ब्यबहारिक रुपमा कार्यान्वयन गर्ने ।
उल्लेखित कुराहरु एउटा राज्यमा हुनु पर्ने आधारभूत कुराहरु हुन र अब माथि लेखिएका कुराहरु हाम्रो देश नेपालसंग एकचोटि दाँजेर हेर्ने गरौं।
के नेपालमा समाजको एउटा अंग, एउटा पेशा बर्ग,
एउटा निकाय सुशाशितको त के कुरा गर्ने ठिकठाक ढंगले चलिरहेको तपाईंले पाउनु भएको छरु
शायद १०० जनासंग सोधेमा ५०० वटा उत्तर आउँछन होला अहं केहि पनि राम्रो र प्रकृति प्रदत्त समयको गतीमा अगाडि बढिरहेको छैन बरु यो उल्टो बिघटनको दिशातिर उन्मुख छ।
कुन प्रदेश, कुन नगरपालिका,कुन गाउँपालिका
ठिक ढंगले चलिरहेको छ ?
कुन मन्त्रालय, कुन मन्त्रि, कुन बिभाग कुन नियोग राम्रो चलिरहेको छ?
धेरै धेरै उत्तर आउँछन कोहि कुनै पनि स्मुथको त के कुरा गर्नु ठिकठाक पनि चलिरहेको छैन जे जस्तो चलिरहेको छ यो केवल कृतिम र जबर्जस्ती घिटिपिटी चलाइएको छ।
-राष्ट्रपति हेर्नुस, उहाँको दायित्व हेर्नुस, उहाँको अधिकार हेर्नुस।
प्रधानमन्त्री हेर्नुस, उहाँको ब्यबहार हेर्नुस, बोली हेर्नुस, उहाँको योजना हेर्नुस, दायित्व र कर्तब्य के हो अनि उहाँले के गरि रहनुभएको छ ?
संघिय सरकार हेर्नुस, सरकारमा सहभागि मन्त्रिहरु हेर्नुस, उहाँहरुका मन्त्रालय हेर्नुस, के हुनु पर्ने ? के भई रहेको छ? अनि यहि गतिमा हामि कहाँ पुग्छौं?
१ देखि ७ वटा प्रदेश सरकारहरु हेर्नुस कुन कसरि चलिरहेको छ एकचोटी ईति फेहरिस्त हेर्नुस। के गणतन्त्रमा संघ प्रदेश यसरी नै चल्ने हुन?
अनि तपाईं हामीसंग प्रत्यक्ष सम्बन्ध हुने स्थानिय सरकार नपा र गापाहरूको कृयाकलापहरु हेरौँ ।
के हुनु पर्ने के भई रहेको छ? पाठकवृन्द, हजुरहरुको आवश्यकतासंग मेल खान्छरु हजुरहरुको जिवन ब्यवहारमा सहयोगी भईरहेका छन?
हजुरहरुको सुखःदुखका सारथी हुन सकेका छन?
नेपाली ब्युरोक्रेसीका बारेमा केहि कुरा लेख्नु पर्ला जस्तो मलाई लाग्दैन १५ बर्ष देखि ७० बर्षका उमेर समुहको कुनै पनि नेपाली नागरिकले जिबनमा एक न एकचोटि वा कयौं चोटि बिना घुस बिना झुलाउने, बिना हण्डर नखाईकन मैले सहजरुपमा प्रशासकिय काम गरेको छु भन्न सक्ने शायद कोहि पनि छैन होला ठोकेर भन र लेख्न सकिन्छ।
अब राजनितिक पार्टीहरुको बारेमा केहि कुरा लेखौं कि?
राजनिति एक छलछाम, तिकडम, एक जालझेल,रहस्यका पत्रा पत्राले छोपिएको फोहरी खेल त हुँदै हो तर यो पनि ध्रुवसत्य कुरा हो कि सबै कुराको निर्क्यौल फेरी राजनितीले नै गर्छ है नेपाली राजनिति पनि यी तमाम कुराहरु भन्दा अछुतो रहन सक्दैन। जति जालझेल र रहस्यमयी भए पनि त्यहाँ केहि दर्शन, बिचार, आदर्श र नैतिकता भने केहि कुराहरु पनि हुन्छन तर पछिल्लो दशकमा नेपाली राजनितिक पार्टी र ब्यक्तित्वहरुमा यी तमाम कुराहरु एकादेशको कथामा यस्तो हुन्थ्यो रे भने कुरामा सिमित रह्यो नेपालको बर्तमान पहिलो पुस्ता मात्र होईन दोस्रो पुस्तामा अझ यो रोग भयानक क्यान्सर जस्तै बिकृत र ध्वंसात्मक रुपमा झांगिसकेको छ।
राज्य केवल भुगोल र भुगोल भित्रका जनसंख्या मात्र होईन। त्यो भित्र जिवन्त, चुस्त, भरपर्दो, आशालाग्दो सरकार, प्रशासन र तल देखि माथि सम्म चलायमान हुदै समयको गतिसंगै जनचाहना र आवश्यकताहरु पुरा गर्दै अगाडि बढ्ने नेतृत्व र सो नेतृत्वप्रति बिश्वस्त जनताहरुको देश नै एक राज्य हुन्थ्यो। यस हिसाबले नेपाल एक राज्य बिहिन मुलुक दिशातिर तिब्र बेगमा दौडिरहेको छ। यो बेगलाई रोक्न सकेनौं भने भन्न सकिन्न भोली यो देश के होलारु तर इतिहासका निर्माता केवल जनता नै भएको कारण यो बिकृत,बिध्वंस र बिघटन उन्मुख राज्यको पनि जनताको बल र बिबेकले एक सम्मुनत, एक सबल, एक स्वाभिमान, एक सुशाशित राज्यको पुनःर्निमाण अवश्य गर्नेछन गर्नेछन गर्नेछन । एक पुरानो चिनियाँ उखान छ ञभर्खर पर्दो लौरो नभेटे सम्म सानो भाँच्न सक्ने हांगा टेकेर भए पनि हिंड्नु पर्छ लौरो भेटे पछि हाँगा त फाल्नै पर्छ।ʼ मलाई लाग्छ नेपालको नेपालको यो यथास्थिति धेरै लामो समय जान सक्दै सक्दैन किन कि जनजनमा बिकल्पको बीउ अंकुराउन थालेको छ र जनताले बिश्वास गरेर चुनिएका,कर दिएर पालिएका जनद्रोहि,राज्यद्रोहीहरुको अचाक्ली र अकर्मण्यताको बिरुद्ध मनमा बाँधीरहेको धैर्यता फुट्न फुट्न खोजिरहेको छ जब जनताको धैर्यको बाँध फुट्छ सानातिना माछा थाप्ने ढडिया मात्र बगाउँदैन।ढडियावालाहरु पनि बगाऊँछन। ती ढडियावालाहरुलाई यति जोडको धक्काले बगाऊँछन कि गंगाको किरानामा पनि अल्झीने संभावना रहंदैन उनिहरुको अवशान सिधा बंगालको भंगालोमा मिसेर बिलीन हुनेछन्।
–भक्तपुर