चैत ३,
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको अभियानको नाम पनि फेरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि फेरेका छन् । गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान बनाएका छन् । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान बनाएका थिए । अदालतको फैसलासँग वामदेवको अभियानको नाम पनि एमाले बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेपछि नेकपा विभाजित भएको थियो । यो अभियानका सचिव बाबुराम थापाले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएको र एमालेमा समस्या भएकोले पहिले एमाले एकताबद्ध गर्न अभियानको नाम फेरिएको बताए ।