Saturday, September 26, 2026
Home समाचार श्रमजीवी पत्रकारको पक्षमा प्रेस संगठनको ऐक्यबद्धता

श्रमजीवी पत्रकारको पक्षमा प्रेस संगठनको ऐक्यबद्धता

75

भदौ १९,
काठमाडौं । प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीले कोरोेना कहरका बेला ठुला सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारहरुलाई विभिन्न बहानामा दिएको पीडाप्रति दुःख व्यक्त गरेको छ । प्रदेश कमिटीका संयोजक र सहसंयोजक नवराज दाहाल र प्रकाश सिलवालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै कोरोेनाको बहानामा रोजगारीको हक कुण्ठित हुनेगरी सेवाबाट हटाउने, आधा तलब दिने, काम गर्न वा नगर्न मनोवैज्ञानिक दवाव दिने दरवन्दी नै नभएका स्थानमा दुःख दिने नियतले सरुवा गर्ने, तोकिएको तलव र पारिश्रमिक समयमा नदिने प्रवृति बढेकोप्रति दुःख व्यक्त गरेका छन् । साथै संगठनले नेपाल पत्रकार महासंघ र विभिन्न सञ्चारमाध्यममा पीडित पत्रकारले स्वतस्फूर्त रुपमा सञ्चालन गरेको दवावमुलक कार्यक्रमप्रति समर्थन र ऐक्यवद्धता जाहेर गरेको छ ।