नयाँ नेपाल न्यू
असार ७,
नगरकोट । कतिपय स्थानीय सरकारले व्यवस्थापन गरेका क्वारेन्टाइन व्यवस्थित नहुदाँ कोरोनाको जोखिम झन् बढेको देखिन्छ ।
काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य राजकुमार मल्ल गत फागुन २२ गते व्यक्तिगत कामको शिलसिलामा मलेशिया गएका थिए । बढ्दै गएको कोरोना जोखिमलाई कम गर्न भन्दै नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन ग¥यो । मल्ल तोकिएको समयमा नेपाल फर्किन पाएनन् । करिब तीन महिना मलेशिया बसेपछि उनी विहिबार स्वदेश फर्किए । पेशाले पर्यटन व्यवसायी समेत रहेका मल्ल हाल नगरपालिकाले बनाएको क्वारेन्टाइनमा छन् ।
असार ४ गते विहिबार साझँ ५ बजेर २० मिनेट उनी सवार हिमालयन एयरलाइन्सको हवाइ जहाज त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भयो । मल्लले हामीसंग कुरा गर्दै भने ‘रातीको ८ बजेपछि मलगायतका बागमती प्रदेश सबै जना बसुन्धरा रहेको होल्डिङ्ग सेन्टरमा गयौं ।’ करिब त्यहाँ सबै प्रक्रिया सकिएपछि पीसीआर रिर्पोट नेभेटिभ भएका मल्ललाई आफन्तलाई बोलाएर घर जान भनियो ।
उनले त्यसपछि करिब रातको १२ः३० बजे आफ्न्त बोलाएर घर गए । मण्डनदेउपुर नगरपालिका २, नगरकोट ठकुरीगाउँ घर भएका उनी घर पुगे । ५ गते मध्यान्न ११ बजे मल्लको घरमा प्रहरीको टोली पुग्यो । ‘तपाईको रिर्पोट लिएर हामीसग हिड्नुस्’ प्रहरी भने, ‘त्यसपछि एकजोरलुगा लिएर म क्वारेन्टाइनमा आए, मल्लले हामीसंगको कुराकानीमा भने । ‘पीसीआर रिर्पोट नेभेटिभ भएको मलाइ न वडा अध्यक्षले बोलाउनु भयो न मेयरले नै, मलाई अपराधी जसरी क्वारेन्टाइन लगियो,’ मल्ल भने ।
होम क्वारेन्टाइनमा बसे पुग्छ
कोरोना महामारी व्यवस्थापन गर्न भनेको संघीय सरकारको निर्देशिका अनुसार विदेशबाट आएकाहरुको पीसीआर रिर्पोट नेगेटिभ भए १४ दिनको होम क्बारेन्टाइनमा बसे पुग्छ ।
नेपाली सेनाका कर्णेल शिभप्रसाद पौडेल जो क्वारेन्टाइन व्यवस्थापनमा सक्रिए छन् उनलाई नयाँ नेपाल न्यूज यसबारेमा जानकारी लिएको थियो । कर्णेल पौडेलका अनुसार विदेशबाट आएकाहरुसंग पीसीआर परिक्षण रिर्पोट नेगेटिभ आएकाहरु १५ दिन होम क्वारेन्टाइनमा बस्नु पर्दछ ।
होम क्वारेन्टाइमा बस्दा सरकारले तोकेको मापदण्ड भने पालन गर्नु पर्दछ ।
स्वास्थ्य रिर्पोटसंगै सम्बन्धीत देशमा रहेको नेपाली दूतावासले समेत प्रमाणित गरेको पत्र वडा सदस्य मल्लसंग छ ।
यस बारेमा नगरप्रमुख टोकबहादुर वाइवाले सम्बन्धीत वडाको अध्यक्षले वडामा बाहिरबाट आउने मानिसको जानकारी प्रहरीलाई गरेकाले प्रहरी गएको हुनसक्ने बताए ।
उनले भने ‘राजकुमार जी, क्वारेन्टाइनमा आएपछि मैले थाहा पाएको हुँ, वडा नम्बर २का वडाअध्यक्ष (केशव प्रसाद तिम्लसिना)ले के गर्नु भयो मलाई थाहा भएन ।
यसबारेमा वडाअध्यक्ष केशव प्रसाद तिम्लसिनासंग नयाँ नेपाल न्यूज कुरा गर्दै भने उहाँको घरमा पुलिस गएको मलाई थाहा भएन, पीसीआर रिर्पोट नेभेटिभ भएको भए नगरको स्वास्थ्य शाखाले उहाँलाई घर पठाउने छ ।
क्वारेन्टाइन व्यवस्थित नभए
हाल नगरपालिकाले वडा नम्बर ९ मा रहेको एक विद्यालय बनाएको क्वारेन्टाइन व्यवस्थित नभएको वडासदस्य मल्लले बताए । पानीको सुविधा नभएको, सुत्ने ठाउँ सफा नभएको र खाना बनाउन मानिस एकजनामात्र भएकाले समस्या भएको बताए ।