८१ देशमा लकडाउन हटाउँदा कोरोनाको जोखिम बढेको डब्ल्यूएचओको ठहर

290

असार ७,
काठमाडौं । संसारका ८१ देशमा कोरोनाभाइरसको दोस्रो लहर उठेको छ । यसमा अमेरिका, इजराइल, स्विडेन, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश समावेश छन् । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ० का प्रमुख डा. टेड्रोस गेब्रेयसेसले दक्षिण एशिया, मध्य पूर्व र अफ्रिकी देशको स्थिती थप चिन्ताजनक हुनसक्ने भन्दै चेतावनी जारी गरेको छ । टेड्रोसले धेरैजसो देशका अनलकका कारण कोरोनाको जोखिम बढेको ठहर गरेका छन् । यी देशमा पछिल्लो दुई हप्तामा संक्रमण थप तीब्र गतिमा बढेको बताइएको छ । अफ्रिकामा सय दिनमा १ लाख संक्रमित देखिएका थिए । अब १९ दिनमा नै यहाँ संक्रमितको संख्या दोब्बर भएको छ । दक्षिण अफ्रिकामा दैनिक एक हजार संक्रमित भेटिएका छन् । ३६ देशमा मात्रै कोरोनाका नयाँ संक्रमितको संख्यामा गिरावट आएको छ ।

अमेरिकाः वासिङ्टन, न्यूयोर्क सिटीमा सोमबारदेखि अनलक–टु सुरु हुनेछ

अमेरिकाको वासिङ्टन र न्यूयोर्क सिटीमा सोमबारदेखि अनलक–टु सुरु हुनेछ । यस अन्तर्गत न्यूयोर्क सिटीमा सैलुन र अन्य पसल खोलिनेछन् । आउट डोर डिनर गर्न सकिनेछ । मेयर बिल डे ब्लासियोले शहरका सीमा पनि खोल्ने तयारी भएको जानकारी दिए । वासिङ्टनमा अनलक–टु मा रेष्टुरेन्ट, खुद्रा पसल खोलिनेछन् । धार्मिक स्थलमा सय जनाभन्दा बढी जम्मा हुन सक्नेछन् । अमेरिकामा हामलम्म कोरोनाका २३ लाख ३० हजार बढी संक्रमित भेटिएका छन् । साथै १ लाख २१ हजार बढीको मृत्यु भइसकेको छ । -Ratopati