बैशाख ३,
काठमाडौं । कोरोना भाइरसको संकटबाट बाहिर निस्कदै गरेको चीनको वुहानमा बनाइएको सबैभन्दा ठूलो अस्थाई अस्पताल बन्द गरेको छ । गत फेब्रुअरीदेखि कोरोना भाइरसको संक्रमण रोकिएपछि बुधबारबान अस्थायी अस्पताल बन्द गरिएको हो । सो अस्पतालमा तैनाथ गरिएका हजारौं चिकित्साकर्मीको अन्तिम समूह बिदा भएको छ । कोरोना भाइरसको संक्रमणको सुरुआतमा महामारीको केन्द्र बनेको वुहान सहरमा रोगीको उपचारका लागि अस्पताल बनाइएको थियो । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार मध्य चीनको हुबेई प्रान्तको राजधानी वुहानमा अस्पताल निर्माण गरिएको थियो । वुहानमा कोभिड–१९ का रोगीको उपचारका लागि १० दिनमा १ हजार भन्दा बढी शैय्या क्षमताका दुई अस्पताल बनाइएको थियो । एजेन्सी














