खरिपाटी क्वारेन्टाइन तेस्रो दिनः यस्तो छ, भित्रको अवस्था

470
फाइल तस्विर

फागुन ६,
भक्तपुर । चीन बाट नेपाल सरकारले उद्धार गरेर ल्याएका नेपालीहरुलाई खरिपाटीमा क्वारेन्टाइनका लागि राखिएको आज तीन दिन भयो ।चाँगुनारायण नगरपालिका वडा नम्बर ७, खरिपाटी, बासँबारी टोल त्यहाँ वरपरको वातावरण शान्त र अन्तराष्ट्रिय क्वारेन्टाइन मापदण्ड अनुसारको छ । उक्त क्वारेन्टाइनमा चिकित्सक टोलीका प्रमुख नेपाली सेनाका मेजर डाक्टर नविन फुयाँल रहेका छन् ।चिकित्सक टोलीका प्रमुख डाक्टर फुयाँलका अनुसार १ सय ७५ जनालाई क्वारेन्टाइन रहेका सबै जनाको पूर्ण रुपले स्वस्थ छन् । उनीहरुलाई २४ घण्टामा दुई पटक विहान र बेलुका शरिरको तापक्रम नाप्नु पर्ने व्यवस्था गरिएको छ । त्यो कुरा त्यहीँ कोठमा बस्ने अर्को साथी र चिकित्सक टोलीले समेत निगरानी गरेको हुन्छ ।

ज्वरो आएमा आफै वा साथीले पनि खबर गर्ने व्यवस्था गरिएको छ । हामी आफैपनि तीन चार पटक सोध्ने गर्दछौं, आजसम्म कसैलाई त्यस्तो देखिएको छैन, डाक्टर फुयाँलले भने । क्वारेन्टाइनभित्र बस्नेलाई हात सफा गर्ने व्यवस्था, आफु बसेको कोठा आफै सफा गर्ने लगाइएको छ । पानी, खानाको जाँच एवम् निगरानी भईरहको छ । एक कोठामा कम्तीमा एक अर्को बेडको एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । जहाँ ३ जना सम्म बस्ने छन् ।
एक अर्काको शिर र पाउ एकै स्थान तर्फ नबनाई फरक–फरक गरेर सुत्ने व्यवस्था गरिएको छ । तालिम केन्द्रको दक्षिण तर्फ रहेको क्वारेन्टाइनमा ब्लक, ए, बी र सी गरी विभाजन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीलाई राखिएको छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरनेट टेलिफोन राखिएको छ ।
क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सीसी क्यामरा, आठ वटा टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गरिएको छ । दैनिक सरसफाईमा आवश्यक पर्ने वासिङ मेशिन, ओछ्यान, तावेल, चप्पल, साबुन, मन्जन, ब्रशको व्यवस्थान कोठाभित्र नै गरिएको छ ।सुरक्षालगायतका अन्य व्यवस्थापनकालागि सेनाका कर्णेल शिव पौड्लको टोली क्वारेन्टाइनबन्दा तैथान रहको छ । सुरक्षाका लागि शस्शत्र प्रहरी, नेपाल प्रहरी समेत खटिएको छ ।
जसमा १ सय ७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदार रहेका छन् ।
चार वटा बसमा १ सय ७५ जनालाई बासँबारी खरिपाटीको क्वारेन्टाइन र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपरसहित १७ जनालाई चाँगुनारायण नगरपालिका–६पिपलबोट स्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा करिब १४ दिन राखिने छ ।
सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको छ ।

स्वास्थ्य मन्त्री नेतृत्वको टोली क्वारेन्टाइनमा
मंगल दिउँस स्वास्थ्य मन्त्री भानुभक्त ढकालसहितको टोलीले खरिपाटीस्थित क्वारेन्टाइन बारेमा जानकारी दिएको छ । उक्त अवसरमा संचारकर्मीहरुसंग बोल्दै मन्त्री ढकालले भने ‘हाम्रो मनोविज्ञानका कारणले समाजमा भ्रम फैलिएको थियो । ’समाजमा विविधता छ, एउटा तेही मान्छे नल्याई हुदैन भन्छ, ल्याउदा मेरो मेरो घरको बाटो किन ल्याईस भन्ने मानसिकता देखिएको मन्त्री ढकालको भनाई छ ।
निरोगी स्वस्थ नेपालका छोराछोरी ल्याउने हो भनेर सरकारले भन्दै आएको र मानिसहरुले कुरा बुझेपछि अहिले शान्त भएको समेत मन्त्री ढकाले बताए ।