Tuesday, September 22, 2026
Home साहित्य कविताः बन्द कोठाभित्र र बाहिर म

कविताः बन्द कोठाभित्र र बाहिर म

350

-उन्यौ नरु श्रीदास (नवीन)
एउटा अध्यारो कोठाभित्रकी म रानी
यहाँ हजारौं आफ्नो महँगो ओछ्यान छाडी
मेरो सस्तो बिस्तारामा सुत्न आइपुग्छन
प्रेमिला नशालु नजरले हेर्दै,
अरे वा तिम्रो जवानी ! 
क्या बात मेरि रानी ! 

हाय ! तिम्रा रसिला ओठ
तिम्रो सुन्दर मुहार
यस्तै मिठा मिठा प्रसंसाका कोशेली लिइ
मेरा यि थाकेका जवानिसंग
लडिबुडी गर्न आइपुग्छन
समाजका मर्दहरु
यहि अधेरीभित्र स्वोर्गिय आनन्द
महसुस भयो भन्दै
हजार पाँच सयका नोटहरु
रक्सीको मातमा
चुरोटको धुवाँसंगै
मेरा निम्ती उडाउछन ।

तर,
जब म त्यही अधेरी कोठाबाट,
यो उज्यालो समाजमा निस्कन्छु
आफ्नो दिनचर्याको लागी
तर अकस्मात
ति बन्द कोठाभित्रका
प्रेमिला अनि नशालु नजरहरु
अकस्मात घृणित कुदृस्टीमा बद्लिछन
मेरा रुप र जवानिको बयान गर्नेहरू
अनेक लाल्छना लगाउदै
घृणाको लात मार्छन
मेरो इज्जत मेरो योनिमा राख्दै
बहिष्कार गरिदिन्छन् ।

सबैको रहर हुदैन 
यस्तो जिवन जिउने
अनौठो चलन
एउटा बेश्यासंग सुत्ने पुरुष
सधै इज्जतदार कसरी कहलिन्छ ?
तर पापी समाज यो जान्दैन
जान्छ त केवल
अध्यारो कोठाभित्र एउटा नजरले हेर्न
अनि उज्यालोमा घृणाको नजरले घुर्न ।