असोज २०,
काठमाडौं । कार दुर्घटना गराएका फरार भएका चालकलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २६ चिवाल स्थित सडक खण्डमा बा८०प ६१०० नम्बरको मोटरसाइकललार्इ ठक्कर दिई फरार रहेका बा १०च ३००२ नम्बरका कार चालक टक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गोपाल माझीको उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।