Thursday, October 1, 2026
Home अनौठो युट्युब हेरेर बच्चा जन्माउन खोजेपछि……!

युट्युब हेरेर बच्चा जन्माउन खोजेपछि……!

318
सांकेतिक तस्विर

असोज ६,
भारत उत्तर प्रदेशको गोरखपुरमा एक गर्भवती महिलाले युट्युबमा भीडियो हेर्दै बच्चा जन्माउन खोज्दा समस्या उत्पन्न भएको छ । महिलाले युट्युव हेरेर बच्चा जन्माउन खोज्दा महिला र बच्चाको मृत्यु भएको थियो । यो घटनाको खुलासा त्यतिबेला भयो जब घरका मालिक र अरु कोठामा बस्नेले रगत बगिरहेको देखे र प्रहरीलाई खबर गरे । केही समय अगाडीको यो घटनामा भारतीय सञ्चारमाध्यमहरुका अनुसार महिला गोरखपुरको बहराइचमा बस्थिन् र उनी अविवाहित थिइन् । अविवाहित भएपनि गर्भवती भएपछि उनी परिवार र समाजका डरले कोठा लिएर बसेकी थिइन् ।

घरका सदस्य उनको गर्भपतन गराउन चाहन्थे तर उनले मानिनन् । बारम्बार परिवारले गर्भपतन गराउन दवाव दिएका थिए । प्रहरीका अनुसार तनावमा आएर महिलाले गर्भपात गराउन चाहिन् । गर्भवती भएको कुरा मानिसहरुबाट लुकाउनका लागि उनले युट्युवबाट भिडियो हेरेर डेलिभरी गर्ने प्रयास गरिन् तर उनको मृत्यु भयो । प्रहरीका अनुसार घटनास्थलबाट एक मोबाइल फेला परेको छ जहाँ डेलिभरीको भिडियो चलिरहेको थियो । प्रहरीले घटनाको जाँच गरिरहेको छ ।