अव भ्रष्टाचारीहरु शान्तिसँग बस्न पाउँदैनन् : प्रधानमन्त्री

89

असोज १,
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारका विषयमा बोल्दै प्रधानमन्त्रीले भ्रष्टाचारीहरुलाई सरकारले कुनै हालतमा माफि नदिने प्रतिबद्धता दोहोर्याएका छन् । बुधबार सिंहदरवारस्थित संघीय संसद भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने ‘नयाँ संसद भवनबनेसँगै भ्रष्टाचार यसरी निर्मुल पार्छौ कि नयाँ संसदमा भ्रष्टारचार बारे छलफल नै नहुने अवस्था आओस्,’ ।

‘अब भ्रष्टचारीहरु पनि आनन्दले नबसे हुन्छ । सबैको रेकर्ड राखिएको छ । भिडियो क्लिप सरकारसँग आइसकेको छ । जो भ्रष्टाचारी छन् उनीहरु शान्तिसँग बस्न पाउँदैनन्’ प्रधानमन्त्रीले चेतावनी दिए । निर्धारित समायमा संघीय संसदको भवन निर्माण सम्पन्न गर्न निर्देशन दिदै प्रधानमन्त्रीले वर्तमान सांसदहरुले नै नयाँ संसद भवनमा बस्न पाउने गरी निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । उनले मुलुकमा धेरै परिवर्तन भइसकेपनि नयाँ संसद भवन निर्माण नगर्दा भाडामा बस्नुपरेको भन्दै अब त्यो अवस्थाको अन्त्य हुने दावी गरे ।

सात अर्ब ७३ करोडमा सिंहदरवारस्थित पुतली बगैँचामा निर्माण हुने संघीय संसद भवन तीन वर्ष बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।