Sunday, September 27, 2026
Home समाचार नेबि संघले बिरुवा रोपेर मनायो विपिको १०६ औं जन्म जयन्ती

नेबि संघले बिरुवा रोपेर मनायो विपिको १०६ औं जन्म जयन्ती

340

भदौ २५,
काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्व नेपाली कांग्रेसका नेता बिपि कोइरालाको १०६ औ जन्म जयन्तीको अवसर पारेर आज त्रिभुवन बिश्वबिद्धालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। त्रिभुवन बिश्वबिद्धालय परिसरमा नेपाल विद्यार्थी संघले करिब तीन सय रुख रोपेको छ। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री एनपी साउदको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको बिशिस्ट आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि रहेका नेता साउदले बिपिको बाटोमा हिडे मात्रै देस समृद्ध र सुखी नेपाली हुने बताए। उनले कांग्रेसले बिपि कोइरालाको जन्म जयन्ती मनाउदा गर्व गर्नुपर्ने पनि जिकिर गरे। कार्यक्रममा प्रतिपक्ष दलका विद्यार्थी संगठनहरुका नेताको पनि सहभागी रहेको थियो।

सहभागी बिपक्षी दलका विद्यार्थी संगठनका नेताहरूले बिपि कोइराला दुरदर्शि नेता भएको भन्दै कोइरालाको समाजावाद खुलेरै प्रसंसा पनि गरेका थिए।अखिल पाचौका अध्यक्ष घनश्याम मिश्र,अखिल नेपाल बिध्यार्थी यूनियन अध्यक्ष प्रबिन मिश्र,अखिल बैध्यका महासचिब पेशल दहाल,अखिल ( गोपाल किराती ) महासचिब सुन्दर रायमाझी,समाजबादी बिध्यार्थी यूनियनका उपाध्यक्ष बिबेक ओलि नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष पवन यादव, सह महामन्त्री प्रेम राज जोशी, त्रिभुवन बिश्वबिद्धालयका नेपाल विद्यार्थी संघा पुर्व अध्यक्ष शंकर पौडेल, नेपाल आधिवाशी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पा लगायत नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो।