बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

96

काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटनामा परेको हो। बस दुर्घटना हुँदा घटनास्थलमा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका छन्।

खबरहरसँग उनले भने, ‘घटनास्थलमा ९ जनाको मृत्यु भएको हो । बाँकी उपचारका लागि लैजाँदै गर्दाको रिपोर्ट हामीसँग छैन।’ प्रहरी स्रोतले भन्यो। अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ पठाइएको बताइएको छ ।
२५ जना घाइतेको उद्दार गरेर उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेको छ ।