Wednesday, September 23, 2026
Home मनोरन्जन प्रभास अभिनित चलचित्र ‘साहो’लाई लाग्यो चोरीको आरोप

प्रभास अभिनित चलचित्र ‘साहो’लाई लाग्यो चोरीको आरोप

368

भदौ १८,
एजेन्सी ।प्रभास अभिनित चलचित्र ‘साहो’ले बक्सअफिसमा आक्रामक ब्यापार गरिरहेको छ । यसले पहिलो दिन नै १ सय करोड माथिको व्यापार गरेको यस चलचित्रले तेस्रो दिनसम्ममा २ सय ९४ करोडको कमाइ गरेको छ ।

श्रद्धा कपुरको पनि मुख्य भूमिका रहेको चलचित्रको व्यापार राम्रो भए पनि समीक्षात्मक रुपमा भने निकै कमजोर बनेको छ । समिक्षकले चलचित्र बेकारको समेत भनेका छन् लेखेका छन् । चलचित्रमा प्रभासको फाइटबाहेक केही आकर्षण नभएको उनीहरुको टिप्पणी छ ।

यस्तैमा, चलचित्रलाई अहिले चोरीको आरोपसमेत लागेको छ । फ्रेन्च निर्देशक जेरोम सालले आफू निर्देशित ‘लार्गो विन्च’बाट ‘साहो’ चोरिएको आरोप लगाएका हुन्। उनले ‘साहो’ निर्देशकलाई ढंग पुर्‍याएर चोर्न गर्न सुझाव समेत दिएका छन्। उनले ट्वीटमार्फत सो कुरा बताएका हुन्।

‘यस्तो लाग्छ ‘लार्गो विन्च’को दोश्रो ‘फ्रिमेक’ पनि पहिलो जस्तै खराब छ। त्यसकारण कृपया गरेर तेलेगु निर्देशकहरू, यदि तपाईंहरू मेरो काम चोर्नुहुन्छ भने राम्रोसँग चोर्नुस्’, ट्वीटमा जेरोमले लेखेका छन्।

त्यसअघि पनि जेरोमले आफ्नो भारतमा आफ्नो उज्वल भविष्य रहेको ट्विट गरेका थिए। जेरोमको यस ट्वीटमा ‘साहो’का निर्माता-निर्देशकबाट कुनै प्रतिक्रिया आएको छैन। गत वर्षपनि पवन कल्याण स्टारर ‘अज्ञेयवासी’माथि पनि जेरोमले चोरीको आरोप लगाएका थिए।