Wednesday, September 30, 2026
Home समाचार काठमाडौंमा बनाउँदा बनाउँदै ग्रिनहिल सिटी हाउसिङको घर भत्कियो

काठमाडौंमा बनाउँदा बनाउँदै ग्रिनहिल सिटी हाउसिङको घर भत्कियो

584
तस्बिर: कुमार सञ्जयको फेसबुकबाट।

भदौ १८,
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा गएरातिको वर्षाले एउटा निर्माणाधीन घर भत्किएको छ। मूलपानीस्थित ग्रिनहिल सिटी हाउसिङको दुई तले घर राति २ बजे भत्किएका हो।

घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय क्षति भने भएको छैन। संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै कमजोर हो भन्नेबारे अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङले जनाएको छ।

‘हामी अध्ययन गरिरहेका छौं,’ हाउजिङका एक कर्मचारीले भने। कागेश्वरी मनोहरा(६ का वडा अध्यक्ष प्रकाश फुयाँलले मूलपानीका अन्य स्थानमा पनि हिजो राति स(साना पहिरो गएको तथा घर भित्र पानी पसेको बताए।