Wednesday, October 28, 2026
Home राजनीति विभिन्न निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने मन्त्री भट्टराईको चेतावनी

विभिन्न निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने मन्त्री भट्टराईको चेतावनी

71

भदौ १५,
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी दिएका छन् । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने स्पष्ट पारेका हुन् ।

साथै विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल नचलाउन निर्देशन दिएका छन् । मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न विमानस्थल नेतृत्वलाई निर्देशन समेत दिएका छन् ।

विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसी टिभी क्यामेराको थप व्यवस्था गर्ने योजना रहेको पनि उनले बताए । विमानस्थल मुलुकको इज्जतसँग जोडिएकाले कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने मन्त्रीभट्टराईको भनाइ छ ।