वाह ! नेपालका घुम्नै पर्ने स्थलहरुः घुमौं र घुमाऔं ( तस्विरमा हेरौैंं)

409

भदौं १४,
काठमाडौं । पर्यटकको लगि नेपाल विश्वको उत्कृष्ट गन्तब्यमा पर्छ । विश्वकै उत्कृष्ट पदमार्गहरू नेपालमा रहेकाले यो घुम्नैपर्ने देश रहेको छ । नेपालका विभिन्न गाउँ तथा त्यहाँको संस्कृतिको अवलोकन गर्न सकिन्छ ।

नेपालमा घुम्न आउने प्रयर्टकले घुम्नै पर्ने गन्तव्यहरु:

 रारा

देशकै सबैभन्दा ठूलो ताल तथा स्वच्छ पानी भएको तालको रूपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा पर्ने रारा तालमा पछिल्लो समय गाडीमार्फत जान सकिने भएकाले पर्यटकहरूलाई जान र आउन हवाई र गाडी जुनसुकै साधन प्रयोग गर्न सक्छन् ।

पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको रारामा पर्यटकलाई जान सहज हुन थालेपछि विदेशी पर्यटकहरू पनि ठूलो संख्यामा जाने आशा गरिएको छ । रारा जानको लागि फागुनदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्म उपयुक्त हुन्छ ।

पुनहिल

नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल रहेको छ । पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जाँदा रमाईलो हुन्छ । म्याग्दी जिल्लामा रहेको पुनहिल ३ हजार २ सय १० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रको एउटा मुख्य भागको रूपमा रहेको छ ।

जोमसोम–मुक्तिनाथ

हिन्दू र बुद्धमार्गीको समेत तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्र पर्यटकको लागि आकर्षक गन्तव्य रहेको छ । ३ हजार ७ सय १० मिटर उचाइमा रहेको उक्त भ्याल्लीले आन्तरिक र बाह्य पर्यटकको मुख्य गन्तव्य स्थलको रूपमा पहिचान बनाएको छ ।

खप्तड

खप्तड राष्ट्रिय निकुञ्ज नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने चार जिल्लाको संगमस्थल हो । बजाङ, बाजुरा, अछाम र डोटी जिल्लामा रहेको उक्त क्षेत्र १ हजार ४ सय मिटर उचाइदेखि ३ हजार ३ सय ३० मिटर क्षेत्रमा फैलिएको छ । खप्तड जानको लागि चैत र वैशाख तथा असोज–कात्तिक महिना उपयुक्त हुन्छ ।

कोशी टप्पु

कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रे चरा अवलोकनको लागि उत्कृष्ट गन्तव्य भएको मानिन्छ । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ । नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातिका चरा, २१९ को संख्यामा दुर्लभ अर्ना र दुर्लभ डल्फिनसमेत पाइन्छ ।

इलाम

नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराई प्रदेशमा अवस्थित छ । उक्त क्षेत्रमा जानको लागि हवाई तथा सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाई मार्गमार्फत जान काठमाडौंबाट नेपालगन्जको उडानमा जानुपर्ने हुन्छ । 

लाङटाङ

रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार, लाङटाङ हिमाल ९७ हजार २ सय ४५ मिटर० र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र लाङटाङ हो । काठमाडौंबाट १ सय ३२ किलोमिटर बस यात्रापछि स्याफ्रुबेंसी पुगिन्छ । लाङटाङ पैदल यात्रा सोही स्थानबाट लाङटाङ पदयात्रा सुरु हुन्छ ।

त्यस्तै बुद्धको जन्मस्थल लुम्विनी , हात्तिसवारको लागि सौरहा र हनिमुनको लागि प्रख्यात पोखरा सबै प्रर्यटकको लागि घुम्नको लागि उपयुत्त ठाउँहरु हुन् ।
पोखरा, नगरकोट, कालिन्चोक, धुलिखेल, धनकुटाको भेडेटार, बन्दिपुर लगायतका धेरै स्थानहरु नेपालका घुम्न लायक ठाँउहरु हुन् ।

-हामीले यी तस्विरहरु सामाजिक संजाल र गुगलबाट लिएका हौं ।