‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

232

भदौं १४,
फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा आर्ट्सको प्रस्तुतीमा बासुरी फिल्मस्को निर्माणमा बनेको फिल्मलाई रामबाबु गुरुङ्गले निर्देशन गरेका हुन् । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ्ग राई, उपासना सिंह ठकुरी, कर्म, विल्सन विक्रम राई, बुद्धि तमाङ्ग, बिजय बराल, माउत्से गुरुङ्ग, लुनिभा तुलाधर, रिश्मा गुरुङ्ग लगायतका कलाकारको अभिनय छ । मनिराम पोख्रेल, अर्जुन कार्की, ओम चन्द्र रौनियार निर्माता रहेको फिल्म असोज ३ गतेबाट रिलिज हुँदैछ ।
मौलिक कथावस्तुमा फिल्म निर्माण गर्न गर्दै आएका रामबाबुले कबड्डीको तेश्रो सिक्वेल पनि सोही प्रकारको कथा वस्तु लिएर बनाएका हुन् । फिल्ममा समावेश दुई वटा गीतहरु सार्वजनिक भैसकेका छन् ।