Tuesday, September 22, 2026
Home राजनीति प्रचण्डको अध्यक्षतामा बसेको बैठकको निर्णय सार्वजनिक रुपमा नेताहरुको टिप्पणी गर्न नपाइने

प्रचण्डको अध्यक्षतामा बसेको बैठकको निर्णय सार्वजनिक रुपमा नेताहरुको टिप्पणी गर्न नपाइने

153

भदौ ९
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध नेता कार्यकर्ताहरूले आफ्ना नेता या कार्यकर्ताका बारेमा सार्वजनिक ठाउँमा व्यक्तिगत टिप्पणी गर्न नपाउने भएका छन्। सोमबार बसेको नेकपा सचिवालय बैठकले आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने र त्यसो गरेमा कारबाही हुने निर्णय गरेको हो।

बैठकपछिको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यदि कोही नेता कार्यकर्ताले पार्टी नेताहरूका बारेमा व्यक्तिगत टिप्पणी गर्न परे पार्टीभित्रै प्रक्रियागत ढंगले राख्नुपर्ने निर्णय गरेको जानकारी गराएका हुन्।

गत बिहीबार बसेको नेकपा सचिवालय बैठकका केन्द्रीय सदस्य एवम् प्रेस संगठनका इन्चार्ज राजेन्द्र गौतमले सचिवालय सदस्य माधव नेपालको विरूद्धमा लेखेको फेसबुक स्ट्याटस र बुधबार साप्तहिकले छापेको समाचारबारे ओली र नेपालबीच चर्काचर्की भएको थियो। त्यसअघि पनि पूर्व एमाले र पूर्व माओवादीका नेकपाका केन्द्रीय सदस्यहरु सामाजिक सञ्जालमै बाझाबाझ गर्दै आएका थिए।

नेकपाको आजको सो बैठकपछि अब उनीहरुले सार्वजनिक ठाउँमा पार्टीभित्रका नेता र कार्यकर्तालाई आरोप प्रत्यारोप गर्न पाउनेछैनन।