Sunday, October 18, 2026
Home मनोरन्जन सन्नी लियोनी खेलेको नेपाली फिल्मको प्रोमो रिलिज (भिडियो हेर्नुहोस्)

सन्नी लियोनी खेलेको नेपाली फिल्मको प्रोमो रिलिज (भिडियो हेर्नुहोस्)

383

भदौ ७,
नेपाली फिल्म ‘पासवर्ड’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीलाई पनि प्रस्तुत गरिएको छ । नायक अनुपविक्रम शाहीलाई स्टाइलिस लुक्समा देख्न सकिन्छ । सँगै अभिनेता धिरेन शाक्य, विक्रम जोशी, बुद्धी तामांग, रविन्द्र झा लगायतका कलाकारले पासवर्डको प्रोमोमा विभिन्न रुपमा प्रस्तुत गरिएको छ । नायिका छुल्ठिम गुरुंगको एक झलक मात्र देखाइएको छ । सम्राट बस्नेतको निर्देशन रहेको फिल्म पासवर्ड लाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका हुन् । सिमा गुरुंगको कथा रहेको फिल्मको संवाद महेश दवाडी र निर्देशक बस्नेतले लेखेका हुन् । ‘पासवर्ड’ यही भदौ २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।