Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय हुवावेले ल्यायो “हार्मोनी ओएस” नामक आफ्नै अपरेटिङ सिस्टम

हुवावेले ल्यायो “हार्मोनी ओएस” नामक आफ्नै अपरेटिङ सिस्टम

101

एजेन्सी, साउन २४
काठमाडौं । चिनियाँ टेक जायन्ट हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याएको छ। चीनमा जारी हुवावे डेभलपर कन्फ्रेन्समा कम्पनीले उक्त सिस्टम सार्वजनिक गरेको हो। चिनियाँ नाम होङमेङ राखिएको यसको ग्लोबल नाम भने हार्मोनी ओएस हुने छ। हुवावेको यो सिस्टम बहु डिभाइस कनेक्ट हुने छ। स्मार्टफोन तथा अन्य होम डिभाइसमा प्रयोग गर्न मिल्ने यसको पहिलो प्रयोग भने स्क्रिन डिभाइसमा हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका कन्जुमर प्रमुख कार्यकारी रिचर्ड युले हार्मोनी सार्वजनिक गरेका हुन्।

यो सिस्टम स्मार्टफोन,स्मार्ट स्क्रिन, स्पिकर र सेन्सरसम्म प्रयोग गर्न मिल्ने उनले जानकारी दिए। हुवावेको इन्टरनेट अफ थिंकको पार्टका रुपमा यसलाई कम्पनीले घोषणा गरेको छ। कम्पनीका अनुसार इन्टरनेटबाट चल्ने हरेक डिभाइसमा यो सिस्टम प्रयोग हुने छ।

अबको तीन वर्षभित्र हुवावेका सबै डिभाइसमा यसको प्रयोग हुने कम्पनीले घोषणा गरेको छ। शुरुमा यो चीनमा मात्र प्रयोगमा आउने छ। त्यसपछि विस्तरै विश्वबजारमा लिने कम्पनीले जानकारी दिएको छ। सयुक्त राज्य अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेपछि गुगलले ९० दिनको अल्टिमेटम दिएको थियो। गुगलको एन्ड्रोयड र माइक्रोसफ्टको विन्डो सिस्टम प्रयोग गरिरहेको हुवावेले तत्काल आफ्नै अपरेटिङ सिस्टमको विकासलाई तीब्रता दिएको थियो।