Wednesday, September 23, 2026
Home राजनीति प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा, शुक्रबार फर्किदैँ

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा, शुक्रबार फर्किदैँ

108
फाइल तस्बिर

साउन २३,
काठमाडौं । उपचारको सिलसिलामा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सकिएको छ। सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको चेकजाँचपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएको हो।

‘प्रधानमन्त्रीज्यूको नियमित चेकजाँच सकिएको छ र उहाँ भोलि स्वेदश फर्किँदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सेतोपाटीसँग भने।
नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ गते ९ सदस्यीय टोलीसहित सिंगापुर गएका थिए।

सरकारले यसअघि नै ओलीको स्वास्थ्य परीक्षण र सिंगापुर बसाईंका क्रममा लागेको खर्च उनी आफैंले व्यहोर्ने जानकारी गराइसकेको छ। सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेका थिए।