एलर्जी भएको यसरी थाहा पाउनुस्

241

एजेन्सी, साउन २०,
काठमाडौं । एलर्जी प्रतिरक्ष प्रणालीको असामान्य प्रतिक्रिया हो । वरीवरि भएका हानिकारक वस्तु धुँवा, धूलो, पराग, माटो आदिको सम्पर्कले मानिसको प्रतिरक्षा प्रणाली बढी सक्रिय हुन गएमा एलर्जी हुन्छ ।

एलर्जी शरीरको छालामा मात्रै होइन भित्री अंगहरुमा समेत हुने गर्छ ।  छाल बाहेका आँखा, नाक, फोक्सो र पेटमा पनि एलर्जी हुन्छ ।

एलर्जी भएको यसरी थाहा पाउनुस्

–आँखा रातो हुनु,

– आँखा चिलाउनु,

– नाक बन्द हुनु,

– नाकबाट पानी बगीरहनु,

–खोकी लाग्नु,

–छालामा रातो दाग डावर देखिनु,

– शरीर चिलाउनु ।