नियमित यौन सम्बन्धले हृदयघात सम्भावना न्यून हुनसक्छ

670

पुस २०,
एजेन्सी । बुढ्यौली र दीर्घायु हुनु कसैको बसमा हुँदैन । विज्ञानका अनुसार पढाई, व्यायाम गर्नु र स्वस्थकर खाना खानु नै एक स्वस्थ जीवनका लागि आवश्यक चीज हुन् । तर, पछिल्लो समय अनुसन्धानकर्ताका अनुसार शारीरिक सम्बन्ध पनि अत्यन्त आवश्यक छ । अनुसन्धानकर्ताका अनुसार शारीरिक सम्बन्धले थुप्रै गम्भीर बिरामीहरुको खतराबाट बचाउँछ । शारीरिक सम्बन्धले सन्तुष्टि मात्र दिँदैन यसले दिमागी रुपमा पनि तन्दुरुस्त राख्छ । यसले रोग प्रतिरोधी क्षमता बढाउँछ । उच्च रक्तचापलाई सन्तुलनमा राख्न र मुटुसम्बन्धी थुप्रै समस्याहरुबाट बच्नुका साथै लामो उमेरका लागि पनि शारीरिक सम्बन्ध राख्नु जरुरी छ ।

न्यू इंग्लयाण्ड रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ताका अनुसार शारीरिक सम्बन्ध र मुटुका रोगहरुसँग सम्बन्धित एक अनुसन्धान गरिएको थियो । जसमा ६५ वर्षभन्दा कम उमेरका १ हजार १ सय २० जना पुरुष र महिलाहरु सहभागी थिए । यस अनुसन्धानका अनुसार २२ वर्षपछि आएको नतिजाका अनुसार हरेक दिन शारीरिक सम्बन्ध राखेमा मुटुसम्बन्धी रोग लाग्दैन ।

अनुसन्धानका अनुसार ‘सेक्स लाइफ’ सक्रिय हुनेहरुको हृदयघातपछि पनि मृत्यु हुने सम्भावना कम हुन्छ । जसले एक हप्तामा एकभन्दा बढी पटक सेक्स गर्छ त्यस्ता व्यक्तिको हृदयघातबाट मृत्यु हुने सम्भावना २७ प्रतिशत कम हुन्छ । यद्यपि, सेक्स नगर्नेहरुको मृत्यु हुने सम्भावना ८ प्रतिशत मात्रै कम हुन्छ ।

यसमा शारीरिक सम्बन्ध राख्दा पार्टनरको लगावमा पनि भर पर्ने अनुसन्धानमा उल्लेख छ ।
यसैगरी, हप्तामा एक पटक सेक्स गर्नेको उमेर ३७ प्रतिशत लामो हुन्छ । अमेरिकी जर्नल अफ कार्डियोलोजीमा छापिएको एक अध्ययनका अनुसार सेक्सले उमेर लम्ब्याउँछ । उक्त अध्ययनका अनुसार सेक्स कम गर्ने पुरुषमा मुटुको रोग लाग्ने खतराका साथै इरेक्टाइल डिसफंक्शनको समस्या पनि बढाउँछ । साथै, यौन क्रियाकलापमा सक्रिय हुने पुरुषमा शारीरिक सक्रियता बढाउने क्षमता धेरै हुन्छ ।