Sunday, September 20, 2026
Home राजनीति दलहरुबीच विशेष समिति गठन गर्ने सहमति भएपछि अवरुद्ध संसद खुल्यो

दलहरुबीच विशेष समिति गठन गर्ने सहमति भएपछि अवरुद्ध संसद खुल्यो

335

साउन २०,
काठमाडौं । अवरुद्ध संसद खोल्न विपक्षी दल काँग्रेस र राजपा नेपाल सहमत भएका छन् । सोमबार झण्डै ३ घण्टा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने र सदनलाई प्रभावकारी संसदीय विशेष समिति गठन गर्ने निर्णयमा पुगेपछि अवरुद्ध संसद खुलेको छ ।

विगतका घटनालाई लिएर र आगामी दिनमा समेत संसदमा गतिरोध नहोस् भनेर सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने दलहरुबीच सहमति बनेको हो । विशेष समितिको संयोजकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ रहने भएका छन् ।

दलहरुबीचको यो सहमतिपछि आजै बस्ने संसद बैठकमा सभामुख कृष्ण बहादुर महराले प्रतिनिधि सभा नियामावली २०७५ को नियम १७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समितिमा रहने सदस्यहरुको नामावलीसहितको प्रस्ताव प्रस्तुत गर्ने छन् ।