साउन १८,
एजेन्सी । भारत–प्रशासित काश्मीरमा सरकारी अधिकारीले अप्रत्यासित रुपमा हिन्दु तीर्थयात्र रद्द गर्न र पर्यटकलाई विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि त्यहाँका स्थानीयमा त्रास र भ्रम उत्पन्न भएको छ ।
जाम्मु–कश्मीर राज्य सरकारले शुक्रबार जारी गरेको निर्देशनमा ‘अमरनाथ यात्रामा रहेका तीर्थयात्री’ र ‘विद्यमान सुरक्षा अवस्था’विरुद्ध आतंकवादी आक्रमण हुने गुप्तचर सूचना भएकाले तीर्थयात्री र पर्यटकले ‘तत्काल’ उक्त क्षेत्र छाड्नुपर्ने बताएको छ ।
प्रत्येक वर्ष भारतका हजारौं हिन्दु दर्शनार्थी दक्षिण काश्मीरको उच्च पहाडी क्षेत्रमाझ रहेको पवित्र अमरनाथ गुफाको यात्रामा निस्कन्छन् । यो यात्रा ४५ दिनको हुन्छ । हालको निर्देशन र केही अघि केन्द्र सरकारले कश्मिरमा थप १० हजार सुरक्षाकर्मी तैनाथ गर्ने निर्णयले स्थानीय बासिन्दामा भने भय उत्पन्न गराएको छ । यहाँका वासीन्दा अवस्था खराब हनुे आशंकामा खाद्यान्न, औषधि, इन्धन संचय गर्न थालेका छन् । आफ्नो परिचय नखुलाउने सर्तमा एक जना उच्च प्रहरी अधिकारीले आफूहरुलाई ‘वृहद स्तरको कानुन व्यवस्थाको लागि लागि तयार रहन’ भनिएको बताए । ‘र हामी तयार छौं,’ उनले भने । भारत प्रशासित काश्मीर क्षेत्रमा थप १० हजार अर्धसैनिक फौज पठाइएपछि तनाव बढेको अवस्था छ ।
भारतको संविधानको धारा ‘३५ए’लाई लिएर त्रास
हालैका दिनमा जारी भएका श्रृङ्खलावद्ध सरकारी निर्देशनपछि, भारतको सरकारले संविधानले कश्मिरुलाइ दिएको विशेष व्यवस्था खारेज गर्ने तयारी गरेको भन्ने आशंका उत्पन्न भएको छ । कश्मिरको विशेष अवस्थाको सुनिश्चीतता गरेको भारतीय संविधानको धारा ३५एले कश्मिरभन्दा अन्य राज्यबाट आएका मानिसले त्यहाँ घरघडेरी किन्न र त्यहाँको सरकारी नोकरीबाट रोकेको छ । तर अब आएर नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारले हटाउँछ कि भन्नेमा कश्मीरीहरु चिन्तित छन् । सन् १९४७ मा स्वतन्त्र भएपछि भारत र पाकिस्तानले काश्मीरलाई विभाजन गरेका थिए । त्यस यता कश्मिरकै विषयमा यी आणविकशस्त्र सम्पन्न दुई छिमेकीबीच तीनपटक युद्ध भइसकेको छ ।
भारतले यस क्षेत्रमा सक्रिय कयैन सशस्त्र विद्रोहीलाई पाकिस्तानले सहयोग गरिरहेको आरोप लगाउँछ । तर इस्लामावादले भने यसलाई खण्डन गर्दै आएको छ । कश्मिर उपत्यका र विधामान पाकिस्तानसँगको सीमानामा (एलओसी)मा गरेर लगभग ७ लाख सैनिक तैनाथ छन् । कश्मिर विश्वमै धेरै सेनाको उपस्थित रहेको क्षेत्र हो । अनुगमन समूहका अनुसार भारत प्रशासित कश्मीरको द्वन्दमा विगत ३० वर्षमा ७० हजार मानिसको ज्यान गइसकेको छ । तीमध्य अधिकाशं सर्वसाधरण छन् ।
–अल जजिराबाट