Thursday, September 24, 2026
Home राजनीति विप्लव समूहले प्रहरीलाई इन्काउन्टर गर्ने चेतावनी दियो (पत्रसहित)

विप्लव समूहले प्रहरीलाई इन्काउन्टर गर्ने चेतावनी दियो (पत्रसहित)

360

साउन १८,
कैलाली– नेत्रविक्रम चन्द विप्लव समूहको जनअदालतले नेपाल प्रहरीका एकजना असईलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ। आफ्ना पार्टीका नेताकार्यकर्तामाथि सुराकी गरेको भन्दै नेपाल प्रहरीको सिआइबीमा कार्यरत कैलाली बर्दगोरिया–१ का भैरव कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्न बाध्य हुने चेतावनी दिएको नागरिक अनलाइनले समाचार प्रकाशित गरेको छ । विप्लव समूहको जनअदालत कैलालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुँवरकै सुराकीको आधारमा विभिन्न नेता, कार्यकर्ताहरुलाई अपहरण शैलीमा गिरफ्तार गरिएको छ। हाम्रो लडाइँ सेना प्रहरीसँग होइन। सुराकी नगर्न आग्रह गर्दछौं। सुराकी कार्य जारी राखे कुनै पनि बेला जनताको सुरक्षा र नेता कार्यकर्ताको सुरक्षाका लागि इन्काउन्टर गर्न बाध्य हुनेछौं।’ ती प्रहरीलाई विप्लव समूहले २५ दिने पक्राउ पूर्जी पनि जारी गरेको छ।