महिलासंगको अन्तरंग कुराकानी बाहिरिएपछि अछाममा यस्तो भयो

264

साउन १८,
अछाम । परस्त्रीसँग अवैध सम्बन्ध राखेको आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिका–६, का मोहन रावल पक्राउ परेका छन् । उनले सामुदायिक सिकाई केन्द्रकी एक कर्मचारीसँग अवैध सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको स्रोतले जनाएको छ । ती महिलाका श्रीमान् रोजगारीको सिलसिलामा भारतको पुनेमा रहेको बुझिएको छ । महिला पक्राउ परेका रावलकी काकी नाता पर्ने बुझिएको छ ।

उनीहरु दुईजनाबीच भएको अन्तरंग कुराकानी बाहिरिएपछि यसको रहस्य खुलेको हो । उनीहरुबीच भएको अन्तरंग कुराकानीको अडियो सार्वजनकि भएसँगै रावललाई विनायक प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुबीच भएको कुराकानीको ६ मिनेट २९ सेकेण्ड लामो अडियो अहिले भाइरल भएको छ । स्रोतका अनुसार ती महिलाको मोबाइलमा अटो रेकर्ड सिस्मट थियो । जसका कारण उनीहरुबी भएको कुराकानी रेकर्ड भयो । चार्जमा लगाएको मोबाइल ती महिलाका देवरले खोलेर हेर्दा अन्तरंग अडियो फेला पारेका थिए । त्यसपछि घटना बाहिर आएको हो । उनी काँग्रेस वडा सभापति समेत हुन् ।