Friday, September 18, 2026
Home समाचार भक्तपुरमा घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु

भक्तपुरमा घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु

106
सांकेतिक तस्विर

साउन ३,
भक्तपुर ।भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ । तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।रासस