मलेसियाले नेपाललाई दियो ८८ रनको लक्ष्य

130

असार २३,
काठमाडौं । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाललाई आयोजक मलेसियाले ८८ रनको लक्ष्य दिएको छ। क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४०.५ ‌ओभरमा ८७ रनमा अलआउट भयो। मलेसियाका लागि मोहमद अमिरले सबैभन्दा बढी २४ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे।

बलिङमा नेपालका सागर ढकालले ३ विकेट लिए। सागरले १० ओभरमा ३ मेडन राख्दा १६ रन खर्चिए। कुशल मल्लले २ विकेट हात पारे। कमलसिंह ऐरी, रासिद खान र तिलकराज भण्डारीले १-१ विकेट लिए। खेलको विजेताले उपाधिका लागि मंगलबार हङकङ वा सिंगापुर मध्ये एक टिमसँग खेल्नेछ।