असार २०,
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले शुक्रवार मर्जरको लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् । शुक्रवार आयोजित कार्यक्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकालले नै निरन्तरता पाउनेछन् । सञ्चालक समितिमा ग्लोबल आईएमईबाट ५ जना र २ जना जनता बैंकबाट रहनेछन् ।
प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र वरिष्ठ डेपुटी सीईओमा ग्लोबल आईएमई बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति भएको छ ।