फोटो खिच्न गएकी महिलालाई हात्तीले दनक दिएपछि …(भिडियो सहित )

189

एजेन्सी, असार १८,
काठमाडौं । अफ्रिकी मुलुक जाम्बिया पुगेकी एक अमेरिकी पर्यटकलाई हात्तीले सुँढले हिर्काएको छ । अमेरिकी पर्यटकहरूको एक टोली हात्ती नजिक पुगेको बेलामा घटना भएको हो । भिडियोमा देखिन्छ, सानो छेकोपछाडि रहेको हात्तीले मानिसहरूका अगाडि सुँड तेर्स्याउँछ । पर्यटकहरूले उसको सुँड बिस्तारै सुम्सुम्याउँछन् । एक महिला चाहिँ हाँसीहाँसी फोटो खिच्न खोजिरहेकी हुन्छिन् ।

तर हात्तीले खतरनाक आक्रमण गर्ला भनी उनले सोचेकी पनि थिइनन् । हात्तीले आफ्नो सुँड अलिकति पछि हटाएर महिलालाई अनुहारको दाहिनेपट्टि चड्कन लगाउँछ । हात्तीको सुँडको शक्ति यति बलियो हुन्छ कि ती महिला आफूपछाडि उभिएका एक व्यक्तिको अँगालोमा बजारिन्छिन् । त्यसपछि हात्तीले सुँडले फोन लिन खोजेको र एकजना दर्शक चिच्याएको देखिन्छ ।

भिडियो खिच्ने मानिसले त्यो फोन टिप्छन् अनि चिच्याउने दर्शकले सन्तोषको सास फेर्छन् । ती व्यक्तिलाई महिलाको भन्दा फोनको बढी पीर परेको देखिन्थ्यो । भिडियो हात्तीको अग्रभागको शटसँगै सकिन्छ । औसत अफ्रिकी हात्ती साढे दुईदेखि चार मिटर अग्लो हुन्छ र २०० देखि ६०० किलो तौल हुन्छ । भिडियो