अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अंग्रेजी चिप्लिएपछि…

94

एजेन्सी, असार १२,
काठमाडौँ । नेपालका राजनीतिज्ञहरूले अंग्रेजी बोल्न नजानेर अनेकन ट्रोल बनेका उदाहरण अहिले पनि सामाजिक संजालमा छरपस्ट छन् । अंग्रेजी नजानेर एक अंग्रेज अहिले सामाजिक संजालमा राम्रैसँग ट्रोल भैरहेका छन् । कुरा के भने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै बेलायतको भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा उनले बेलायतको राजघरानाका विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेका थिए । आफ्नो बेलायत भ्रमणसम्बन्धी ट्विट गर्ने क्रममा ट्रम्पले आफूले भेटेका व्यक्तिहरूको पद समेत उल्लेख गरेका थिए, जसमध्ये उनले आफूले भेटेको व्यक्तिमा ‘प्रिन्स अफ वेल्स’ हुनुपर्नेमा ‘प्रिन्स अफ ह्वेल्स’ लेखे । समुन्द्रमा पाईने भीमकाय माछा ह्वेल्सलाई ट्रम्पले कसरी भेटे भन्ने उत्सुकता उनको ट्विट आएदेखि जोकसैमा छ ।-साप्ताहिक