Saturday, September 19, 2026
Home मनोरन्जन किन लगाए डब्लुडब्लुईका म्यानेजर पल हेमैनले रणवीरलाई चोरीको आरोप

किन लगाए डब्लुडब्लुईका म्यानेजर पल हेमैनले रणवीरलाई चोरीको आरोप

197

एजेन्सी, असार ६,
काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंहमाथि चोरीको आरोप लागेको छ। रणवीरलाई डब्लुडब्लुईका म्यानेजर पल हेमैनले चोरीको आरोप लगाएका हुन्।
उनले रणवीरमाथि आफ्नो भनाइ चोरेको आरोप लगाएका हुन्। कपिलदेवको वायोपिक सिनेमा ‘८३’को तयारी गरिरहेका रणवीर हाल इङ्ल्याण्डमा छन्। उनले त्यहाँ भारतीय अलराउण्डर हार्दिक पाँड्यासँगको फोटो पोस्ट गर्दै हालेका थिए। पलले त्यस पोस्टमा लेखिएको शब्द आफ्नो भएको र रणवीरले चोरी गरेको आरोप लगाएका हुन्।

रणविरको सो ट्वीटमा ‘इट, स्लिप, कन्क्वयेर, रिपिट’ शब्द उल्लेख छ। पलले लैसनरलाई डब्लुडब्लुईको रिगंमा हरेकपटक उत्रदा यो नाराको प्रयोग गर्दै हौसाउने गर्थे। त्यससँगै लेसनरले लगाउने पहिरनमा समेत यो शब्दको प्रयोग गरिएको छ। तर रणविरले उनलाई लागेको आरोप प्रति कुनै प्रतिक्रिया जनाएका छैनन् ।