Monday, September 21, 2026
Home Uncategorized जाजरकोट बस दुर्घटना २६ जनाको मृत्यु, यातायात व्यवसायीको दादागिरी घटना भएको पूर्व...

जाजरकोट बस दुर्घटना २६ जनाको मृत्यु, यातायात व्यवसायीको दादागिरी घटना भएको पूर्व गृहमन्त्री भनाई

474

फागुन २७,
जाजरकोट । सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस हिजो पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २६ जनाको मृत्यु भएको छ । जाजरकोटका सांसद् एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले यातायात व्यवसायीको दादागिरीले दुःखद् घटना भएको प्रतिक्रिया दिएका छन् । थोत्रो काम नगाग्ने बस मर्मत गरि गरि चलाउने यातायातको बानीले गर्दा यस्तो घटना हुने गरेको छ । भेरीमालिका नगरपालिका–४ पासागाडमाथि घुमाउरो सडकबाट करिब चार सय मि तल खसेर बस दुर्घटना भएको हो । दुर्घटनामा परी ४१ जना घाइते भएको प्रहरीले बताएको छ । सदरमुकामबाट ४३ यात्रु लिएर गुडेको सो बसमा थप यात्रु चढेको घाइतेको भनाइ छ । अहिलेसम्म १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भेरीमालिका नपा–४ का गणेश बोहोरा र नदिल चन्द, भेरीमालिका–३ का शान्त सुनार, भेरीमालिका–१० का सन्तोष चन्द, भेरीमालिका–११ का गोपाल सुनार, बहादुर भण्डारी र शर्मिला सुनार, दसेरा–१ का डिलबहादुर बुढा र दसेरा–२ का मनिराम जैसी, सिमा–९ का मदन पुन, लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, पजारु–८ का नैने दमार्इं, मजकोट–७ का दले तिरुवा र रुकुम चौरजहारीका कृष्णबहादुर गिरी छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन । यात्रुले धेरै नहाँक भन्दा पनि केही मानेनन् । एक्कासि २० मिनेटमा बोहरा नजिक मोडमा पुग्दा बस मोड्नुपर्ने ठाउँमा सिधै पर्खाल बाहिर गयो । चालकले मदिरा सेवन गरे जस्तो पनि देखिन्थ्यो । यात्रुहरु कोचाकोच गरी बसमा बस्दा श्वास फेर्ने ठाउँसम्म थिएन , घाइते यात्रुले भनेका छनु ।