जानेर/ नजानेर घच्चा लागेको रहेछ भने सरकारले गुठी विधेयक सच्याउँछ : प्रधानमन्त्री

161
फाइल तस्बिर

असार १,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सरकारले जनताको मन दुखाउन नचाहेको त्यसैले सरकारले गुठी विधेयक सच्याने उनले बताएका छन् । ‘म आइसक्या छु सबै कुरा हेरेर सांस्कृतिक र ऐतिहासिक धरोहर, परम्परतामा कुनै कुराले कहीँ पनि जानेररनजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउँछ,’ उनले भने।

गुठीले गरिबमाथि शोषण भइराखेको उनले बताए। ‘कतिपय ठाउँमा गुठीका नाममा गरिबमाथि शोषण भइराखेको छ,’ प्रधानमन्त्रीले भने, ‘साँस्कृतिक धरोहरसँग जोडिएका ठाउँमा कतै धक्का लागेको रहेछ भने सरकारले विचार गर्छ।’ उनले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह गरे। ‘केही मान्छेले खुबै मौका पायौं भनेका होला कुनै चान्स छैन,’ उनले भने, ‘यो सरकारले जनताका हितमा काम गर्छ।’

उनले जनताको भावना र हितविपरीत हुने कुनै पनि कुरा सरकारले नगर्ने पनि बताए। जनतालाई देवता मान्ने, सर्वोपरी मान्ने हित र आदेशअनुसार काम उनको भनाइ छ। ‘जनताप्रति सरकार उत्तरदायी छ। जनताका कुरा सुन्छ। जनताका हितमा काम गर्छ,’ उनले भने, ‘जनता नै सार्वभौम भएकोले अब आन्दोलन गरिराख्नुपर्दैन।’ उनले कुनै पनि कुरा शतप्रतिशत नहुने भन्दै सरोकारवाला पक्षले कहाँनेर कमजोरी भयो औंल्याउनुपर्ने बताए।

‘जनता भड्काउन सकिँदैन जनता के कारणले भड्कन्छरु,’ उनले भने। उनले आफ्नो नेतृत्वको सरकार जनताको मन हसाउन बनेको बताए। ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन हँसाउन हो,’ उनले भने।