४० खालका फल फल्ने अचम्मको रुख

378

एजेन्सी, असार १,
काठमाडौँ । दुनियाँमा एउटा यस्तो ठाउँ छ जहाँ एउटै रुखमा ४० प्रकारका फल फल्दछन् । यो पत्याउन गाह्रो हुन्छ, तर यथार्थ हो । अमेरिकामा एक भिजुअल आर्टस्का प्राध्यापकले त्यस्तो अद्भूत रुख तयार गरेका छन् । त्यसमा ४० प्रकारका फल फल्दछन् । उक्त रुखको नाम ट्री अफ ४० फ्रुट्स हो ।
यस रुखमा एप्रिकोट, चेरी, आरु, आलुबखडालगायतका फल फल्दछन् । यो रुखको मूल्य त झन होसै उडाउने जति छ । किनकि यो एएटा रुखको मूल्य ३० हजार डलर पर्दछ ।

अमेरिकाको सेराक्यूज विश्वविद्यालयका भिजुअल आर्टस्का प्राध्यापक स्याम वान ऐकेन यस अनौठो रुखका सर्जक हुन् ।यो रुखको सिर्जना गर्नका लागि उनले विज्ञानको सहारा लिएका छन् । सन् २००८ मा उनले यस कामको सुरु गरेका थिए । प्राध्यापक वान किसान परिवारमै जन्मिएका व्यक्ति हुन् । उनले न्युयोर्कको एउटा बन्द हुनै आँटेको कृषि बगैँचालाई भाडामा लिएर त्यहीँ नै ग्राफ्टिङ्ग विधिको माध्यमबाट ट्री अफ फोर्टी जस्तो अद्भुत रुख सिर्जना गराउन सफलता पाएका हुन् ।