Sunday, September 27, 2026
Home राजनीति कर्णाली जाने कर्मचारीलाई १ लाख तलब दिन प्रस्ताव

कर्णाली जाने कर्मचारीलाई १ लाख तलब दिन प्रस्ताव

83

जेठ २७,
काठमाडौँ । पूर्वमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले कर्णाली प्रदेशमा जाने कर्मचारीलाई एक लाख रूपैयाँ तलब दिनु पर्ने प्रस्ताव गरेका छन्। संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा बोल्दै सांसद शर्माले कर्णालीमा कर्मचारी नबस्ने भएकाले उनीहरूको तलब बढाउनु पर्ने देखिएको बताएका हुन्। ‘म कर्णालीको नीति तथा कार्यक्रम छलफलमा गएर आएँ। त्यहाँ कर्मचारी बस्दैनन्, उनीहरूलाई टिकाउन कर्मचारीलाई एक लाख र प्रमुख सचिवलाई तीन लाख तलब दिऔं,’ शर्माले भने।

प्रदेश सरकार बनेको डेढ वर्ष बित्न लाग्दा पनि पहाडी र हिमाली जिल्लामात्र भएको कर्णालीमा आवश्यक कर्मचारी पुगेका छैनन्।