नेप्से ४ अंकले घट्यो

64

जेठ २३,
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव ६९ अंकले घटेर १ हजार २ सय ८४ दशमलव ५९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । होटल डेभलपमेन्ट बैंक,फाइनान्स, अन्य र म्युचल फण्ड बाहेक सबै उपसुचक घटेका छन् । यसदिन नेप्से सबैभन्दा उच्च बिन्दु १२९६ दशमलव ८० मा पुगेको थियो भने न्युुन बिन्दु १२८४ दशमलव ५९ मा पुगेको थियो ।

दिनभरिमा १ सय ७२ कम्पनीको १८ लाख ५९ हजार २ सय ४८ कित्ता शेयर खरिदबिक्री भई ५८ करोड ८८ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको ७ करोड ७६ लाख ९७ हजार रुपैयाँ बराबरकोे कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ९७ अंकले घटेर २ सय ७३ दशलमव ८९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन सर्वाधिक कमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ६५ प्रतिशतले बढेको छ । साथै सबैभनदा धेरै गुमाउनेमा पाँचथर पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव १० प्रतिशतले घटेको छ ।