सुनील महर्जन ( नेपाल समाचारपत्र)
बैशाख २६, ललितपुर । सत्यमोहन जोशी सय वर्षको उमेरमा टेक्नै लाग्दा पनि निकै सक्रिय जीवन बिताइरहनुभएको छ । लोक संस्कृतिको अध्ययन, विकासका साथै साहित्य लेखनमा जोशीले पुरै जिन्दगी बिताउनुभएको छ । आउ“सो सोमबार वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी सय वर्षमा प्रवेश गर्नुहुने भएको छ । तिथि अनुसार यही बैशाख ३० गते उहा“को जन्मदिन शताब्दी । वि सं १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा उहा“को जन्म भएको हो । तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्ति संस्कृतिविद् जोशी हुनुहुन्छ । जोशीले विसं २०१३ मा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ कृतिका लागि मदन पुरस्कार पाउनुभएको थियो । ‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि विसं २०१७ तथा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्त रुपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो ।











