नौ वाणिज्य बैैंकहरुको नाफा १६ प्रतिशतले बढ्यो

55

वेशाख १८,
काठमाडौं । नौ वाणिज्य बैैंकहरुको नाफा १६ प्रतिशतले बढेको छ। नेपाल, एभरेष्ट, ग्लोबल आइएमई, एसबिआई, सिद्धार्थ सानिमा, माछापुच्छ्रे, सनराइज र सिटिजन्स बैंकको औसत नाफा १६ प्रतिशतले बढेको हो। यी बैंकले यस आर्थिक वर्षको चैत मसान्तसम्म १४ अर्ब ६० करोड खुद नाफा कमाएका छन्। गत वर्षको यसै अवधिमा १२ अर्ब ५९ करोड कमाएका थिए। दोस्रो त्रैमासिकको समीक्षाका आधारमा नाफाको बृद्धिदरमा भने कमी आएको छ।

दोस्रो त्रैमासिकको समीक्षा अवधिमा बैंकहरुको नाफा ३० प्रतिशतले बढेको थियो। वृद्धिदरका आधारमा माछापुच्छ्रे बैंकको नाफा सबैभन्दा धेरै ४५ प्रतिशतले बढेको छ भने नेपाल बैंकको नाफा १४ प्रतिशतले घटेको छ। यी ९ बैंकले चैत मसान्तसम्म ८ खर्ब ५७ अर्ब निक्षेप संकलन गरी ७ खर्ब ८५ अर्ब कर्जा प्रवाह गरेका छन्।

बैंकहरुको व्यवसाय विस्तार भएसँगै नाफा बढेको हो। २८ वटै वाणिज्य बैंकहरुले चैत मसान्तसम्म २४ खर्ब २० अर्ब कर्जा प्रवाह गरेका छन्। जवकि अघिल्लो चैत मसान्तसम्म सोही अवधिमा २० खर्ब २ अर्ब कर्जा गएको थियो।अझै १९ वटा बैंकहरुले तेस्रो त्रैमासिक विवरण सार्वजनिक गरेका छैनन्।

यस्तो छ तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुको नाफा र वृद्धिदर:

बैंकअहिलेको नाफापहिलेको नाफावृद्धिदर प्रतिशतमा
नेपाल२ अर्ब २४ करोड२ अर्ब ५६ करोड(१४.२)
एभरेष्ट२ अर्ब २१ करोड१ अर्ब ८७ करोड१८. १
ग्लोबल आइएमइ१ अर्ब ८७ करोड१ अर्ब ४१ करोड३२. ६
एसबिआई१ अर्ब ६० करोड१ अर्ब ३७ करोड१६. ७
सिद्धार्थ१ अर्ब ५९ करोड१ अर्ब ३८ करोड१५. २
सानिमा१ अर्ब ५७ करोड१ अर्ब २० करोड३०. ८
माछापुच्छ्रे१ अर्ब २४ करोड ८५ करोड ४० लाख४५
सनराइज१ अर्ब २२ करोड९४ करोड २१ लाख२९
सिटिजन्स१ अर्ब ६ करोड१ अर्ब ९८ लाख