बैशाख ८, एजेन्सी,
काठमाडौँ -छवटा शृङ्खलाबद्ध आक्रमणबाट आक्रान्त बनिरहेको बेला श्रीलंकाको राजधानी कोलम्बोमा अर्को विस्फोट भएको छ । देहिवाला चिडियाखानाको पछाडि रहेको एक होटलमा सातौँ विस्फोट भएको छ । इन्डिया टुडेका अनुसार उक्त विस्फोटमा थप दुई जनाको मृत्यु भएको छ । योसँगै श्रीलंकामा विस्फोटमा ज्यान गुमाउनेको संख्या कम्तिमा १५६ जनाको मृत्यु भएको छ । घटनामा ५ सयभन्दा बढी घाइते भएका छन् । मारिनेमा कम्तिमा ३५ जना विदेशी नागरिक रहेका छन् ।
यो पनि पढ्नुहोस् :