Thursday, October 29, 2026
Home ताजा अपडेट फियन कृषि विकास बैंकमा सुजित विक्रम शाह

फियन कृषि विकास बैंकमा सुजित विक्रम शाह

259

चैत २६,
काठमाडौँ -नेपाल वित्तिय संस्था कर्मचारी संघ, कृषि विकास बैंक लि.को केन्द्रीय अध्यक्षमा सुजित विक्रम शाह निर्विरोध निर्वाचित भएका छन् । विगतका महाधिवेशनहरुमा निर्वाचन हुने गरे पनि भक्तपुरको बोडेमा सम्पन्न ९ औं. महाधिवेशनबाट समग्र कर्मचारीहरुमा सहमति सहकार्य र एकता स्थापित गर्न धेरै
कसरत गरेर भए पनि निर्विरोध गराएको वित्तिय संस्था कर्मचारी संघका केन्द्रीय अध्यक्ष पदमराज रेग्मीले बताए ।

यसैगरी आगामी ४ वर्ष कार्यकालकालागी वरिष्ठ उपाध्यक्ष राम ब। रावल, उपाध्यक्षहरु दिल ब। श्रेष्ठ, नगेन्द्र ब। शाह,मधुसूदन खकुराल,महिला उपाध्यक्ष कल्पना के।सि।,मधेसी उपाध्यक्ष बलिराम पुर्वे,महासचिव राजु भट्टराई ,सचिवहरु वसन्त थापा,प्रेम प्रसाद उप्रेती ,पुण्य प्रसाद दाहाल,सिद्ध मगिया,महिला सचिव जेनु बस्नेत,मधेसी सचिव आषिश कुमार कर्ण, ननटेवल वर्कसबाट पितानाथ बुढाथोकी, कोषाध्यक्ष राजेन्द्र पराजुली , सह कोषाध्यक्ष दिपक थापा, खुल्ला र आरक्षण गरि २७ सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् । ट्रेड युनियन कांग्रेसको ठुला प्रतिष्ठानहरुमध्ये पर्ने भएकोले यस महाधिवेशनलाई नेतृत्वहरुसमेत महत्वकासाथ हेरिएका थिए ।