३१ किलो गाँजा सहित दुईजना पक्राउ

192

फागुन १४,
सर्लाही -सर्लाहीबाट प्रतिबन्धित लागु औषध गाँजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला सर्लाही बाग्मती नगरपालिका-११ बाट जिल्ला सिन्धुली मरिण गाउँपालिका-३ घर भएका २१ बर्षीय डम्मर बहादुर मोक्तान र २९ बर्षीय मंगलसिंह मोक्तानलाई प्रतिबन्धित लागू औषध गाँजा करिव ३१ किलो सहित सोमवार साँझ प्रहारीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीबाट खटिएको प्रहरी चेकिङ् टोलीले सिन्धुलीबाट सर्लाहीतर्फ आउँदै गरेको ज। ३ त। ७३८७ नम्बरको ट्याक्टरलाई शंका लागि चेकजाँच गर्दा ट्याक्टरको ट्रेलरमा लुकाई ल्याएको उक्त परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा फेला पारी चालक डम्बर र ट्याक्टर धनि मंगलसिंहलाई पक्राउ गरिएको हो । यसै गरी सिरहाबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्ला सिरहा धनगढीमाई नगरपालिका-१ खुट्टी स्थित जंगलबाट प्रतिबन्धित लागूऔषध गाँजा करिब ४० किलो मंगलवार बिहान बरामद गरेको छ । उक्त गाँजा लिई आउने मानिसहरु प्रहरी गस्ति टोलीलाई टाढैबाट देखी गाजाँ छाडी फरार रहेकोले फरार मानिसहरुको खोजतलाश गर्नुका साथै यस सम्बन्धमा प्रहारीले आवश्यक अनुसन्धान गरीरहेको जनाएको छ।