राजधानीमै भेटियो १७ सय रोपनी जग्गामा गाँजा खेती

302
फाईल फोटो

जेठ २१,
काठमाडौँ । प्रहरीले काठमाडौंको ठूलो क्षेत्रफलमा गाँजा खेती हुने गरेको भेट्टाएको छ । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा १७ सय रोपनी जग्गामा गाँजा खेती हुने गरेको भेट्टाएको हो । गाँजा खेतीबारे सूचना पाएपछि सोमबार ब्युरोका एसएसपी वसन्त लामाको कमाण्डमा एक सय २७ जना प्रहरी गएर गाँजा खेती फडानी गरेका थिए । ‘हिजो करिब २० प्रतिशत फडानी सकिएको छ । अझै निरन्तरता दिन्छौं’, लामाले अनलाइनखबरसँग भने, ‘त्यहाँको ५ ठाउँमा गाँजा खेती गरिएको रहेछ ।’

उनले कतिपय ठाउँमा गाँजा आफैं उमि्रएको भेटिए पनि नियतवस लगाइएको समेत देखिएको बताए । लामाका अनुसार नगरपालिकाको ओख्रेनी, चिलाउने, गैरीगाउँ, खत्री टोल र माझ गाउँ अवैध गाँजा खेती भेटिएको थियो । प्रहरीले खेतीमा संलग्न कसैलाई भने नियन्त्रणमा लिएको छैन ।