डा. केसीको जीवनरक्षाका लागि कुनै पहल नगरेकोमा प्रवक्ता शर्माको आपत्ति

74

माघ १६,
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आमरण अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेका हुन्। आफैँले गरेको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकारले उत्तर कोरियाली कम्युनिस्ट शासकले जस्तो डा. केसीको जीवनरक्षाका लागि कुनै पहल नगरेकोमा उनको आपत्ति छ। बुधबार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता शर्माले आगामी माघ २१ गते घोषित सरकारविरुद्धको आन्दोलनको कार्यक्रम पनि नरोकिने स्पष्ट पारे। उनले पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल केन्द्र सरकार मातहत ल्याउन आफ्नो पार्टीले गरेको मागलाई मंगलबार सरकारले सम्बोधन गरे पनि अरु दर्जनभन्दा बढी गल्ती उजागर गर्न पनि सो आन्दोलन नरोकिने प्रष्टयाएका हुन्। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको गत माघ १३ गते बसेको बैठकले आगामी २१ गते सोमबार देशभर सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो। डा. केसीसँग गरिएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट बलजफ्ती पारित गरेको, प्रतिपक्ष दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषदको बैठकबाट निर्णय गरिएको, निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको, वाइडबडी विमान खरिदलगायतका प्रकरणमा अर्वौंको भ्रष्टाचार गरेको भन्दै कांग्रेसले सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। प्रवक्ता शर्माले सरकारले एकपछि अर्को गल्ती गर्दै गएकाले त्यसविरुद्धको आन्दोलनको कार्यक्रम नरोकिने स्पष्ट पारे। कांग्रेसले आगामी फागुन १४ गते हुने भनिएको स्ववियू निर्वाचनको आवश्यक वातावरण बनाउन पनि सरकारसँग माग गरेको छ। प्रवक्ता शर्माले शन्तिपूर्ण आन्दोलनमा सहभागी भएका नेविसंघका विद्यार्थी नेताहरूलाई घाइते बनाएर सरकारले स्ववियू निर्वाचन प्रभावित तुल्याएकाले त्यसको उचित वातावरण बनाउन माग गर्नु परेको पनि स्पष्ट पारे। सरकारले उपयुक्त वातावरण बनाएर मात्रै स्ववियू निर्वाचन गर्नुपर्ने कांग्रेसको धारणा छ। प्रवक्ता शर्माले सरकारविरुद्ध आफ्नो पार्टीले आन्दोलन सुरु गरेकाले त्यसको प्रभावलाई समेत ध्यानमा राखेर स्ववियू निर्वाचनको मिति तय गर्न पनि सरकारलाई सचेत गराइएको बताए। प्रवक्ता शर्माले स्ववियू निर्वाचन गराउन आफ्नो पार्टी तयार रहे पनि त्यसका लागि उचित वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको पनि स्पष्ट पारे।
प्रेस विज्ञप्ति

आदरणीय पत्रकार साथीहरु आज माघ १६ गते सहिद दिवस, प्रथम सहिद लखन थापा एवं शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द लगायत पछिल्लो कालखण्डसम्मका समस्त ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धा प्रकट गर्दै, यो पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।

माघ २१ गते नेपाली कांग्रेसले राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको यहाँहरुलाई विदित नै छ । जिल्लाहरुमा यस सम्बन्धी आवश्यक तयारी प्रारम्भ भइसकेको छ । विरोध प्रदर्शन आयोजना गरिनुका कारण र मुद्धाहरु बारे म थप प्रष्ट्याउन चाहन्छु ।

माघ १३ गते बसेको बैठकले विरोध प्रदर्शन गर्ने निर्णय संगै मुद्धाहरु बारे निम्न निर्णय गरेको थियो ।

(१) संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा। गोविन्द के।सी।को अनसनप्रति संवेदनहीन व्यवहार ।

(२) स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी।पी। कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास ।

(सरकारले आफ्नो गल्ती सच्याएको भन्ने विवरण संचार माध्यममा आएका छन्, यस बारेमा पार्टीलाई औपचारिक जानकारी प्राप्त भएको छैन । दर्जनौं गल्तीहरु गरिसकेको सरकार तिनलाई सच्याएर अघि बढोस् भन्ने हाम्रो दबाब जारी रहनेछ ।ं

(३) प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना ।

(४) देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र ।

(५) महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू ।

(६) जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू ।

केन्द्रीय समितिको बैठकले विरोध प्रदर्शनको मुद्धामा “भ्रष्टाचार” लाई विधिवत माइन्युट गरेर सार्वजनीक समेत गरिसकेको तथ्य बारे यहाँहरु जानकार हुनुहुन्छ । केन्द्रीय समितिबाट निर्णय भई हामीले उठाउँदै आएका भ्रष्टाचारका सबै मुद्धाहरु त्यसभित्र समाविष्ट छन् र रहनेछन् ।

-वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाका बारे गम्भीर ढंगले गहिरो छानवीन गर्न हामीले संसदमा र     सार्वजनीक रुपमा पनि आवाज उठाउदै आएका छौं । माघ २१ को विरोध प्रदर्शन मार्फत यसका लागि थप दबाब श्रृजना     गरिने छ ।

– नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको वुढी गण्डकी बहुउदेश्यीय परियोजना विना        प्रतिश्पर्धा विदेशी कम्पनीलाई सुम्पीनुका पछिल्तीर, के रहस्य लुकेको छ । माघ २१ को प्रदर्शनमा यो विषय पनि            सम्मिलित रहनेछ ।

– आवश्यकता भन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी, निजगढ विमानस्थल निर्माण गर्ने       प्रकृयामा ढिलासुस्तीको विषय माघ २१ को प्रदर्शनमा गरिनेछ ।

-३३ किलो सुन काण्डमा “ठुला माछा” हरु सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरुपका ति ठुला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन रु माघ २१ को प्रदर्शनमा यो विषय पनि उठ्नेछ ।

प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक वजार मुल्य भन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचारमा कार्वाहीका लागि दबाब बढाउन आगामी प्रदर्शनमा सो विषय जोडिने छ ।

संघीयता कार्यान्वयनका बाँकी कार्यभार पुरा गर्न भइरहेको ढिलाईले समग्र सत्ताको नियतमाथि नै गम्भीर प्रश्न खडा गर्नु पर्ने भएको छ । कम्युनिष्ट राजनीतिक दर्शनको प्रभाव र दबाबमा रहेर शक्तिको सम्पूर्ण केन्द्रीकरण गर्ने धङ्धङ्ती प्रधामन्त्रीमा जो देखिएको छ विरोधमा प्रदर्शनमा यो मुद्धा समेटिने छ । संघीयताको सम्वद्र्धन र रक्षाका लागि आम नागरिकलाई हामी प्रदर्शन मार्फत अपील गर्नेछौं ।

माघ १६, २०७५

विश्वप्रकाश शर्मा

प्रवक्ता