राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो ;अध्यक्ष प्रचण्ड

83

१६ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका छन् । अरुले खबरदारी भने गर्नुपर्ने उनले बताए ।

भरतपुरमा क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ती सम्बन्धी सम्झौता कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले सबैभन्दा भ्रष्टचार राजनीतिमा भएको बताएका थिए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले मदनकृष्णको कुरा मिठो लागेको मात्र होइन, यो राजनीतिमा लाग्नु भन्दा बरु हामी कलाकारितातिर लाग्नु पर्नेरहेछ भन्ने लागेको भन्दै ठट्टा गरे । उनले अघि भने, ‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो । तपाई हेर्नुहोला, १० वर्षभित्र राजनीति सफा हुन्छ ।’

क्रिकेट रंगशाला बनाउने कार्र्यक्रम सम्पुर्ण नेपाली लाई एकाबद्ध गराउने एउटा माध्यम भएको बताए ।