Monday, September 28, 2026
Home समाचार ‘चुरे संरक्षण कार्यक्रम प्रभावकारी नहुँदा चिन्ता’

‘चुरे संरक्षण कार्यक्रम प्रभावकारी नहुँदा चिन्ता’

126

घोराही, २७ पुस
पूर्वराष्ट्रपति डा.रामवरण यादवले डरलाग्दो गरी बढेको प्रदूषणले आफूलाई धेरै चिन्तित बनाएको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ दाङले घोराहीमा आयोजना गरेको छलफल एवं स्वागत सम्मान कार्यक्रममा डा यादवले उद्योगीलाई वातावरणीय अवस्थालाई ख्याल राखेर मात्रै आफ्ना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गर्नुभयो ।

‘दाङ निकै सुन्दर उपत्यका छ तर यहाँ चार÷पाँच वटा सिमेन्ट उद्योग छन्, सुन्दर ठाउँमा किन उद्योग खोलिए रु’ उहाँले प्रश्न गर्दै भन्नुभयो, “यसले यहाँको वातावरण सन्तुलन हुन दिन्छ त रु”

डा यादवले आफ्नो पालामा शुरु भएको चुरे संरक्षण कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । चुरे क्षेत्रको जङ्गल मासिनु तथा ढुङ्गा, माटो उखनन गरिनुले भूक्षय, मरुभूमीकरण र जलसम्पदाको नाश भइरहेकामा दुखेसो व्यक्त गर्दै जलवायु असरको कारणले पनि व्यापार– व्यवसाय र कृषिमा घाटा लागेकाले यसमा चनाखो रहन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

पछिल्लो समयमा विकासको नाममा जथाभावी डोजर लगाइनुले पनि वातावरण विनाश भइरहेको छ भन्दै उहाँले वातवरणमैत्री विकासको आवश्यकता रहेको धारणा राख्नुभयो । यसमा नेपालका तीनै तहका सरकार, नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मी सबैको साथ र सहयोगको आवश्यकता उहाँले औँल्याउनुभयो ।

अर्को प्रसङ्गमा डा यादवले भन्नुभयो, “मेरो प्रमुख चाहना संविधान लागू होस्, सुशासन कायम रहोस्, स्वच्छ वातावरण होस्, देशको विकास तीव्र भएको देख्न पाइयोस् भन्ने नै छ ।”
सो अवसरमा सङ्घका सभापति नारायण भुसालले ५ नं प्रदेशका सबै जिल्लाको बीचमा परेको र हावापानी राम्रो भएकाले दाङलाई प्रदेशको राजधानी बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । –रासस